देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस् « Khabarhub

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले लोकतान्त्रिक आन्दोलनको अगुवाइ गरेको पुरानो पार्टी विभाजित हुनु सुखद नहुने बताए।

भट्टराईले पार्टीको विधान, नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा यस विषयको कानुनी छिनोफानो हुने उल्लेख गर्दै राजनीतिक वैधता र जनचाहना नै अन्तिम निर्णायक हुने बताए।

उनले यो नेपाली कांग्रेसको आन्तरिक विषय भएको भन्दै अन्य दलले धेरै टिप्पणी गर्नु उपयुक्त नहुने बताएका छन् ।

‘यो नेपाली कांग्रेसको आन्तरिक मामला हो। हामीले धेरै बोल्नु राम्रो होइन,’ उनले लेखेका छन्। साथै, कुनै न कुनै उपायबाट कांग्रेस पुनः एकताबद्ध होस् भन्ने कामना पनि व्यक्त गरेका छन्।

पोस्टमा उनले विगतको राजनीतिक सन्दर्भसमेत स्मरण गरेका छन्। संविधानविपरीत दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिएको बेला शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गर्दै आफूले संसद्मा एक महिना नारा लगाएको स्मरण गरेका छन्।

त्यतिबेला सभामुखले कुरा नसुनेको भन्दै उनले ‘प्रधानमन्त्रीज्यू, कुनै दिन तपाईंलाई पनि यही अवस्था आइपर्ला’ भनेर चेतावनी दिएको उल्लेख गरेका छन्। उक्त घटना २०७८ असार महिनाको भएको उनले बताएका छन्।

भट्टराईले २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिकामाथि पनि प्रश्न उठाएका छन्।

टुटफुट र विभाजनतर्फ कसैले कसैलाई नउकास्न आग्रह गर्दै उनले समयको वेग र जनचाहनालाई सम्मान गर्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : २९ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति