दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खोटाङको दिक्तेल बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन आज जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन गरिने जनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी औपचारिक रूपमा अघि बढेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाएको छ । निर्वाचन प्रक्रियामा सरोकारवालाको सहभागिता, मतदाताको सहज पहुँच र कानुनको पूर्ण पालना सुनिश्चित गरिने मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले बताए । 

दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै खोटाङमा निर्वाचनको सरगर्मी बढेको छ । आगामी निर्वाचन सफल बनाउन सरोकारवाला निकायहरूले पनि सहकार्य र समन्वयलाई तीव्र बनाउने प्रतिबद्धता जनाएका छन् । 

आगामी निर्वाचनलाई सफल बनाउन नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान आयोगको टोलीलाई समेत परिचालन गरिने बताइएको छ । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्थामा समेत कडाइ गरिने जिल्ला प्रशासन कार्यालय खोटाङले बताएको छ । 

आगामी निर्वाचनका लागि खोटाङमा एक हजार २८२ जना निर्वाचन प्रहरी नियुक्त गरिने जनाइएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिने युवाको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ–६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ–७ गते उम्मेदवारविरुद्ध उजुरी, माघ–८ गते उम्मेदवारको नामावली प्रकाशन, माघ–९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने, सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गर्ने भएको छ । 

प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल तथा १९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार १२० जना मतदाता रहेका छन् ।

आगामी निर्वाचनका लागि नेपाली कांग्रेस खोटाङले बाहेक जिल्लाका अन्य सबै राजनीतिक दलले उम्मेदवार सिफारिस गरिसकेका छन् । विसं २०७९ सालको निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनबाट तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ निर्वाचित भएको जिल्लामा यस वर्ष पनि पूरानै राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 

तत्कालीन माओवादी केन्द्रसहित विभिन्न कम्युनिष्ट पार्टीहरूबीच एकीकरण भएपछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) खोटाङले प्रत्यक्षतर्फ सात तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङले दश जना नेताको नाम उम्मेदवारको रूपमा सिफारिस गरेको छ ।

देशकै सबैभन्दा ठूलो दल नेपाली काँग्रेस खोटाङको भने, अहिलेसम्म उम्मेदवार छनोटको विषयमा छलफल गर्न बैठक नै बसेको छैन । रासस

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : २३ बजे

एमालेले भन्यो : उपाध्यक्ष पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरियो

काठमाडौं– नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैर न्यायिक

बालेनलाई करोडौँको गाडी दिएका मालपानी र चुन्नप्रसादको बयानबाट समातिए विष्णु पौडेल !

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा

दिनभर चल्यो गृहमन्त्री ‘कुटिएको हल्ला’, अहिले आयो होटलका दुई मजदुरलाई थुनाएको खबर

चितवन : गृहमन्त्री सुधन गुरुङको सचिवालयमा उनका सहयोगी कमल सर्गम

यस्तो छ विष्णु पौडेलमाथिको आरोप, चुनावी प्रतिस्पर्धी चुन्नप्रसादले दिएका थिए ‘रकम लुकाएको’ बयान

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वउप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई