‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक « Khabarhub

‘द ब्ल्यू लाइट’को सस्पेन्स ट्रेलर सार्वजनिक


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कथा सस्पेन्स राखेर फिल्म ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण पक्षले ललितपुरमा शुक्रबार एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा चलचित्रका अधिकांश कलाकारलाई देख्न सकिन्छ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको यस फिल्ममा बेनिशा हमाल, अर्पण थापा, आयुशमान देशराज जोशी, श्रृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।

ट्रलरले फिल्म प्रेम, धोका र बदलाको कथामा आधारित कथामा बनेको प्रष्ट पार्छ । ट्रेलरमा कथा सस्पेन्स नै राखिएको छ ।

‘द ब्ल्यू लाइट’मा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन् ।

स्काइफल पिक्चर्सले प्रस्तुत बनेको ‘द ब्ल्यू लाइट’को निर्माता र निर्देशक बलिराम चौहान हुन् । उनको यो डेब्यू निर्देशन हो । चौहान र उपाश्रीले मिलेर फिल्म लेखेका हुन् ।

फिल्मको प्रदर्शन मिति माघ १६ लाई तोकिएको छ ।

ट्रेलरको लिंक :

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : २१ बजे

अमेरिकाले कन्फ्युसियस इन्स्टिच्युटलाई राष्ट्रिय सुरक्षाका लागि खतरा ठहर्‍यायो, बन्द गर्ने तयारी

काठमाडौं – अमेरिकाको रक्षा मन्त्रालयले चिनियाँ भाषा र संस्कृतिको शिक्षा

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई

विश्व पोलियो दिवस : पोलियोमुक्त अवस्था कायम राख्न निरन्तर प्रयास आवश्यक

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्वी एसिया क्षेत्रीय पोलियो उन्मूलन प्रमाणीकरण

क्यानाडाबाट आयात हुने वस्तुमा अमेरिकी भन्सार महसुलको दायरा परिवर्तन

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाबाट आयात हुने केही वस्तुमा

रुकुम पश्चिममा ढुङ्गा प्रहारबाट ६ वर्षीय बालकको मृ*त्यु

रुकुमपश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुङ्गा प्रहारबाट एक