प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचन : तयारी तीव्र, कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा तयारी तीव्र पारिएको छ । जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपाने मुख्य निर्वाचन अधिकृतसहित निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत तोकिएको छ ।

जिल्ला महान्यायाधिवक्ता टीकाभूषण घिमिरेलाई निर्वाचन क्षेत्र नं १ का लागि निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।
 
जिल्लास्थित दुई वटा निर्वाचन क्षेत्रमा शुक्रबार कार्यालय स्थापनासमेत गरिएको छ ।

जिल्लामा निर्वाचनका लागि दुई हजार ४०० कर्मचारी तथा एक हजार २०० स्वयंसेवक खटाइने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई वटा निर्वाचन क्षेत्रमध्ये १८९ मतदानस्थल, चार सय मतदान केन्द्रमा मतदान गर्ने तीन लाख २६ हजार ६११ मतदाता छन् । 

जिल्लामा दुई हजार २६९ निर्वाचन प्रहरी खटाइने भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन् । 

यसमध्ये एक लाख ६७ हजार ४९९ पुरुष, एक लाख ५९ हजार ११० महिला, अन्य दुई मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी दिनेश शिवाकोटीले निर्वाचनका लागि आवश्यक तयारी भइरहेको बताए ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ४२ बजे

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत