जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

 जनकपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धनुषा क्षेत्र नं ३ मा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृति केन्द्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । 

मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले कार्यालय स्थापना गरिएको जानकारी दिए । निर्वाचनलाई स्वतन्त्र र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यका संयन्त्र लागिपरेका बताउँदै उनले निर्वाचनमा सबैको सक्रिय र उत्साहमूलक सहभागिता हुने विश्वास व्यक्त गरे । पुरीका अनुसार आज जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रभावकारी रूपमा सुरक्षा व्यवस्था मिलाइएको कार्यालय जानकारी दिए  । क्षेत्र नं १ मा मतदान स्थल ८५ वटा र मतदान केन्द्र १६३ वटा रहेका छन् ।

यहाँका निर्वाचन अधिकृतमा मनोज बराललाई तोकिएको बताउँदै  निर्वाचनको कार्यालय धनुषाधाम रहेको मुख्य निर्वाचन अधिकृत पुरीले उल्लेख गरे । क्षेत्र नं २ मा ८८ र १७४ मतदान केन्द्र छन् भने यहाँका निर्वाचन अधिकृत दामोदर रेग्मी रहेका छन् । क्षेत्र नं २ को निर्वाचनको कार्यालय विदेह नगरपालिका तिनकौरिया चोकमा स्थापना गरिएको छ ।

क्षेत्र नं ३ मा ७४ मतदान स्थल र १५५ मतदान केन्द्र छन् । यहाँका निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत सुभाषबाबु पुरीले जिम्मेवारी लिएका छन् भने जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महेन्द्र नारायणनिधि मिथिला संस्कृतिमा केन्द्र तोकिएको छ ।

क्षेत्र नं ४ मा मतदान स्थल ७५ र मतदान केन्द्र १५३ वटा छन् । यहाँका निर्वाचन अधिकृत पुरुषोत्तम खरेल रहने छन् भने निर्वाचनको कार्यालय क्षिलेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा रहेको जनाइएको छ ।

धनुषामा ३२२ मतदान स्थल र ६४५ वटा मतदान केन्द्र रहेका मुख्य निर्वाचन अधिकृत पुरीले जानकारी दिए । धनुषामा पाँच लाख १४ हजार ५७१ मतदाता रहेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ४१ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको