महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

महोत्तरीमा चार निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि महोत्तरीमा आज चार निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार जिल्ला सदरमुकाम जलेश्वरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

जलेश्वर निर्वाचन क्षेत्र नं ३ मा पर्दछ । जलेश्वरको वडा नं २ मा अवस्थित जिल्ला समन्वय समितिको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालय बर्दिबास नगरपालिका–३ स्थित बर्दिबास उद्योग वाणिज्य सङ्घमा स्थापना गरिएको छ । 

त्यस्तै, निर्वाचन क्षेत्र नं ३ का लागि जिल्लाको बलवा नगरपालिका–७ स्थित आधारभूत अस्पतालको कार्यालय बनौटामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन क्षेत्र नं ४ का लागि जिल्लाको रामगोपालपुर नगरपालिका–५ मा अवस्थित श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन अधिकारी झाले बताइन् ।

जिल्लाको निर्वाचन अधिकृतहरूको कार्यालय स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित चारवटै सुरक्षा निकायसहित सञ्चारकर्मीको उपस्थिति थियो । आसन्न निर्वाचनका लागि जिल्लामा २५८ मतदानस्थल, ५३६ मतदान केन्द्र र चार लाख ३१ हजार २८२ जना मतदाता कायम भएका छन् । रासस

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको