रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

रसुवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रसुवा– आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन सम्पन्न गराउन आज रसुवामा मुख्य निर्वाचन कार्यालय स्थापना गरिएको छ । 

जिल्ला अदालतको भवनमा स्थापना गरिएको उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुवकुमार उप्रेतीले एक कार्यक्रमका बीचमा उद्घाटन गरे  ।

आज शान्तिपूर्ण वातावरणमा निर्वाचन, कर्मचारी व्यवस्थापन, सामग्रीको व्यवस्थापन, सवारीसाधन परिचालन र आपसी सहयोगसमेतका विषयमा अन्तर्क्रिया भएको छ । प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सञ्चारकर्मी जिल्ला समन्वय प्रमुखलगायतको उपस्थितिमा उद्घाटन तथा अन्तरक्रिया गरिएको हो ।

रसुवामा ५७ मतदान केन्द्रबाट कुल ४१ हजार ४७१ मतदाताले मतदान गर्ने जनाइएको छ । कार्यक्रममा प्रजिअ राजेश पन्थीले भयरहित वातावरणमा मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्ने वातावरणका लागि  पूर्ण रूपमा  सुरक्षा प्रबन्ध मिलाइने जानकारी गराए । रासस
 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ६ : ५४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको