जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री « Khabarhub

जेन-जी शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुन्छ : प्रधानमन्त्री


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनका शहीद परिवारसँग भएको सहमति पूर्णरुपमा कार्यान्वयन हुने स्पष्ट पारेकी छन् । 

शुक्रबार सिंहदरबारमा जेन-जी आन्दोलनका शहीद परिवारसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले यसअघि भएको सहमति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेकाले कुनै आशङ्का नगर्न आग्रह समेत गरिन् । 

त्यस्तै उनले शहीद परिवारसँगको भेटमा सहभागी भएका सरकारका मन्त्री र मातहतका निकायलाई शहीद परिवारसँग भएको सहमति अनुसार बाँकी कार्य पुरा गर्न निर्देशन समेत दिएकी थिइन् ।

प्रधानमन्त्री कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको म्याण्डेड अनुसार निर्माण भएकाले उनीहरूका विषयलाई सरकारले सदैव प्राथमिकतामा राख्ने बताएकी थिइन् । 

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ३५ बजे

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्

काठमाडौं – नेपाली कांग्रेसका पूर्व सांसद चन्द्र भण्डारीले महामन्त्रीद्वय गगनकुमार

गगनले आधिकारिकता पाएपछि देउवा पक्ष छुट्टै छलफलमा

काठमाडौं – निर्वाचन आयोगले गगन थापा पक्षलाई कांग्रेसको आधिकारिकता दिएपछि

नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार

सिन्धुली – सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंक लुटपाटको

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित