रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता « Khabarhub

रविपछि छवि र फरार जीबीसहित सबै अभियुक्तलाई सरकारको राहत, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी ठगीसहितका मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँगै उनका साझेदारहरूको पनि मुद्दा सरकारले फिर्ता लिएको छ।

महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार रविसँगै मुद्दा खेपिरहेका अरू सबै प्रतिवादीको पनि सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको हो ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले उक्त मुद्दामा अन्य प्रतिवादीहरूका हकमा पनि अभियोग दाबी बढी लिइएको ठहरसहित मुद्दामा संशोधन गरिएको जानकारी दिएकी छन्।

यसअघि महान्यायाधिवक्ता कार्यालयको वेबसाइटमा अपलोड गरिएको निर्णयमा त्रुटि भएको पाइएपछि सँच्याइएको जानकारी उनले दिएकी छन् ।

उनले यो मुद्दामा अघिल्लो निर्णय वेबसाइटमा राख्दा टाइप त्रुटि भएकाले सुरूमा रविको मात्रै मुद्दा फिर्ता भएकवमा अब अन्य अभियुक्तको पनि सँच्याइएको जानकारी दिइन् । त्यसबेलाको त्रुटिमा सुधार गरेर रविसहित उक्त मुद्दामा सबै प्रतिवादीको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिइएको हो ।

उक्त मुद्दा फिर्ताका लागि अरू अभियुक्तको निवेदन परेको थिएन । लामिछानेकै निवेदनका आधारमा अरू सबै प्रतिवादीको मुद्दामा पनि सोलोडोलो एकै निर्णय गरिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

कार्यालयले मुद्दा फिर्ता लिँदा निर्णयलाई कानुनी र सार्वजनिक हितमा आधारित भनेको छ। तर विपक्षीहरूले यसलाई ‘राजनीतिक दबाब’ र ‘परिवार संरक्षण’ को उपज भनेका छन्।

लामिछानेसहितका मुद्दाहरू दुई वर्षदेखि चलिरहेका थिए, जसमा सहकारीबाट करोडौं रकम अपचलन गरेको र अमेरिकी नागरिकता लिएको आरोप थियो।

महान्यायाधिवक्ताको कार्यालयले मुद्दा फिर्ता लिनुको मुख्य कारण पर्याप्त प्रमाणको अभाव र सार्वजनिक हितलाई बताएको छ।

तर भण्डारीकी छोरीको डिम्ब बिक्री प्रकरणमा उनलाई जोगाउन यो निर्णय गरिएको आरोप लागेको छ, जसमा छोरीको नाम मुछिएकी थिइन् । उक्त प्रकरणमा पनि पर्याप्त अनुसन्धान भएको छैन।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ७ : ५१ बजे

गगनले कांग्रेसको मान्यता खोसेपछि पूर्णबहादुरले डाके आफ्नो समूहको बैठक

काठमाडौं – निर्वाचन आयोगले शुक्रबार साँझ गगनकुमार थापा नेतृत्वको समूहलाई

राजनीतिक शक्ति निख्रिँदै गएका देउवा अब के गर्लान् ?

काठमाडौं – शेरबहादुर देउवा नेपाली कांग्रेसको निवर्तमान सभापति भइसकेका छन्

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने विश्वप्रकाशको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोगले गगन

सभापति थापाले भने : कांग्रेसलाई एकताबद्ध बनाएर ‘रिफर्म’को यात्रा सुरु भयो

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशनपछि पार्टी

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्

काठमाडौं – शेरबहादुर देउवा समुहका नेता चन्द्र भण्डारीले गगनकुमार थापा