महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार « Khabarhub

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित गगन थापा पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयप्रति कडा आपत्ति जनाएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै उनले उक्त निर्णयलाई लोकतन्त्र र विधिको शासनमाथिको ‘नाङ्गो प्रहार’ भनेका छन्।

बस्नेतले निर्वाचन आयोगजस्तो संवैधानिक निकायमै वैदेशिक हस्तक्षेप खुलेआम देखिनु अत्यन्तै विडम्बनापूर्ण र चिन्ताजनक भएको टिप्पणी गरेका छन्। उनका अनुसार यस्तो अवस्था देशको लोकतान्त्रिक व्यवस्था र संविधानका लागि गम्भीर चुनौती हो।

उनले वर्तमान परिस्थितिमा लोकतन्त्र, संविधान र राष्ट्रियताको पक्षमा उभिएका सम्पूर्ण शक्तिहरू एकजुट भई वैकल्पिक वा पर्यायी आन्दोलनमा उत्रिनु अपरिहार्य भएको धारणा व्यक्त गरेका छन्।

बस्नेतको यो अभिव्यक्ति निर्वाचन आयोगको पछिल्लो निर्णयलाई लिएर राजनीतिक वृत्तमा चर्कँदो बहस भइरहेको समयमा आएको हो।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ८ : ३३ बजे

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।

ऊर्जामन्त्री श्रेष्ठद्वारा नीतिगत सुधार, सुशासन र सेवा प्रवाहमा जोड

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नीतिगत सुधार,

आईपीएल : शतक बनाउन ९ रनले चुके इशान, हैदरावादको चौथो विकेट पतन

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) को १९औँ संस्करण अन्तर्गत

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुनःस्थापित

गण्डकी – मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको