गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस् « Khabarhub

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


903
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा समुहका नेता चन्द्र भण्डारीले गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको केन्द्रीय समितिलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै भण्डारीले नयाँ नेतृत्वलाई समावेशी, सद्भावपूर्ण र देशकेन्द्रित बन्न आग्रह गरेका छन्।

भण्डारीले “नयाँ घर शुभ रहोस्, सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्” भन्दै पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औँल्याएका छन्। उनले सद्भाव र प्रेम कहिल्यै नहटोस् भन्ने कामनासहित शब्दको प्रयोग पनि मिठो र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

उनले आफ्नो सन्देशमा ‘म’ कमजोर बन्दै जानुपर्छ भन्दै व्यक्तिवादभन्दा सामूहिक भावना बलियो हुनुपर्ने संकेत गरेका छन्। “अन्ततः एक दिन सँगै हिँड्नै छ— इतिहासले यही सिकाउँछ,” भन्दै भण्डारीले पार्टीभित्र देखिएको विभाजन स्थायी नहुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ०५ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको