गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस् « Khabarhub

गगन–विश्वलाई बधाई दिँदै चन्द्र भण्डारीले भने : सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


840
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शेरबहादुर देउवा समुहका नेता चन्द्र भण्डारीले गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा बनेको केन्द्रीय समितिलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश व्यक्त गर्दै भण्डारीले नयाँ नेतृत्वलाई समावेशी, सद्भावपूर्ण र देशकेन्द्रित बन्न आग्रह गरेका छन्।

भण्डारीले “नयाँ घर शुभ रहोस्, सबै अट्ने, सबैलाई समेट्ने ठाउँ बनोस्” भन्दै पार्टीभित्र एकता र सहकार्यको आवश्यकता औँल्याएका छन्। उनले सद्भाव र प्रेम कहिल्यै नहटोस् भन्ने कामनासहित शब्दको प्रयोग पनि मिठो र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।

उनले आफ्नो सन्देशमा ‘म’ कमजोर बन्दै जानुपर्छ भन्दै व्यक्तिवादभन्दा सामूहिक भावना बलियो हुनुपर्ने संकेत गरेका छन्। “अन्ततः एक दिन सँगै हिँड्नै छ— इतिहासले यही सिकाउँछ,” भन्दै भण्डारीले पार्टीभित्र देखिएको विभाजन स्थायी नहुने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ०५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको