कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा « Khabarhub

कांग्रेसमा गुटगत समस्या अन्त्य भएको गगन थापाको घोषणा


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आजबाट पार्टीमा गुटगत समस्या अन्त्य भएको घोषणा गरेका छन् ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई वैधता दिएसँगै सार्वजनिक अपील गर्दै सभापति थापाले गुटगत भागवण्डा सकिएको घोषणा गरेका हुन् । भुइ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उनले स्पष्ट पारेका छन् । कार्यकर्ताको चाहना अनुसार निर्णय गर्ने सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको निर्णयसँगै विधि, विधान र पद्दति स्थापित भएको सभापति थापाले जनाएका छन् । निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टीको विधान अनुसार निर्णय गरेको भन्दै आयोगप्रति आभार व्यक्त गरेका छन् । ‘यसले स्थापित गरेको छ – पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ । अब नेपाली कांग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ,’ सभापति थापाले अपीलमा भनेका छन् ।

विशेष महाधिवेशनबाट विधि विधानले प्रधानता पाएको उल्लेख गर्दै सभापति थापाले यसलाई जय पराजयको विषय बनाउन नहुने बताएका छन् । ‘कुनै अलमल नपरौं, सबै संयम होऔं, जिम्मेवार बनौं, एकतावद्ध रहौं । विश्वास र भरोसा राख्नुहोस्, अब कांग्रेस नवीन उर्जा र एकतासहित रुपान्तरणको दिशामा अगाडि बढेको छ । रिफर्मको यात्रा शुरु भइसकेको छ,’ सभापति थापाले अपीलमा उल्लेख गरेका छन् ।

पुर्व सभापति शेरवहादुर देउवा लगायत पार्टीमा विभिन्न तह र निकायमा नेताहरुले यो प्रक्रियालाई सहज रुपमा ग्रहण गर्ने विश्वास सभापति थापाले लिएका छन् । पार्टी बाहिर रहेको पङ्तिप्रति सभापति थापाको संकल्प छ,‘विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको छ । आजसम्मका उपलब्धीलाइ समयको पदचाप अनुसार थप संस्थागत गर्ने संकल्प गरेको छ – अब कांग्रेस बदलिएको छ, बदलिनेछ ।’

लोकतान्त्रिक र जनमुखी पार्टी बनाउने प्रतिवद्दता व्यक्त गर्दै सभापति थापाले कांग्रेसको मूल्य र सिद्धान्त विपरित गएर कुनै सम्झौता नगर्ने स्पष्ट पारेका छन् । चुनावी गठबन्धन नगर्ने प्रतिवद्दता पार्टी पङ्तिसँग गरेका छन् । चुनावी तालमेललाई अप्राकृतिक गठबन्धनको संज्ञा दिँदै सभापति थापाले गठबन्धन संस्कृतिको अन्त्य भएको घोषणा गरेका छन् ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ४४ बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक