चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला « Khabarhub

चम्पादेवीमा ४३ वर्षीय पुरुष मृत फेला


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

ओखलढुङ्गा – ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका–८ बिलन्दुमा ४३ वर्षीय पुरुष मृत फेला परेका छन् ।

धनबहादुर खत्रीको छोरा डाकबहादुर खत्री घर नजिकै बाटोको छेउमा मृतावस्थामा भेटिएका हुन् । आज बिहान करिब ६ः३० बजेको समयमा घरभन्दा अन्दाजी ५० मिटर टाढा मृतावस्थामा खत्रीको शव भेटिएको थियो ।

बाटो हिँड्ने क्रममा स्थानीयवासीले बाटोमा मृतावस्थमा खत्रीको शव भेटेपछि घरमा मृतकको आमालाई खबर गरेका थिए । आमा घटनास्थल पुगी छोराको शवलाई बोकाई घरमा ल्याएकी थिइन् । छोरालाई मृतावस्थामा भेटेर घरमा ल्याएर जनप्रतिनिधि र प्रहरीलाई खबर गरिएको स्थानीयवासीले बताएका छन् ।

प्रहरी चौकी घोराखोरीबाट प्रहरी सहायक निरीक्षक रत्नेश राउत कुर्मीको टोलीले घटनास्थल सुरक्षित गरेको थियो । थप कानुनी प्रक्रिया र आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बरुणेश्वर रामपुरबाट प्रहरी निरीक्षक मनिष लुइँटेलको टोली घटनास्थलतर्फ गएको थियो ।

आवश्यक कानुनी प्रक्रियापश्चात शवलाई परीक्षणका लागि पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ९ : ५० बजे

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको

महानगर प्रहरी प्रमुख पाण्डेद्वारा राजीनामा

काठमाडौं – काठमाडौं महागनरपालिकाका प्रहरी प्रमुख, महानगर प्रहरी वरिष्ठ उपरीक्षक