विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै « Khabarhub

विश्वकपमा आज तीन भिडन्त : पहिलो खेलमा अफगानिस्तान र यूएई प्रतिस्पर्धा गर्दै


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत सोमबार तीन खेल हुँदैछन्। पहिलो खेलमा समूह ‘डी’का अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्नेछन्। भारतको दिल्लीमा हुने यो खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ।

यो विश्वपमा अफगानिस्तान जितबिहीन छ भने यूएईले दुई अंक जोडेको छ। समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ।

दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन्। यो खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ।

विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ। समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो। एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ। पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ।

तेस्रो खेलमा सोमबार साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन्। यो खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ। यो समूहमा दुई खेल जितेर चार अंकसहित शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ।

एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ। पहिलो खेलमा आयरल्यान्डलाई ६७ रनले हराएको अस्ट्रेलिया दोस्रो खेलमा जिम्बाबेसँग २३ रनले पराजित भएको हो।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : २३ बजे

आँबुखैरेनीमा पहिलोपटक व्यावसायिक सयपत्री फूलखेती

दमौली – तनहुँको आँबुखैरेनी गाउँपालिका–३ आँबुगाउँका छ जना किसानले सामूहिक रूपमा

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले