सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी « Khabarhub

सुन्तला बेचेर २० लाख रुपैयाँ आम्दानी


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका छन् । १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गरेका हुन् ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलोग्राम दुई सयका दरले काठमाडौंबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो ।

‘माघ लागेदेखि बढ्न सुरु भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो दुई सयसम्म परेको हो,’ श्रेष्ठले भने, ‘गत वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटेपनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन् ।’ उनले गत वर्ष सरदर प्रतिकिलो एक सयका दरले १५ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका थिए । श्रेष्ठको बगैँचामा रहेका ७०० मध्ये हाल ३०० बोटमा यसपाली फल लागेको थियो । श्रेष्ठले आफ्नो बाहेक अन्य किसानको थप एक करोड ३० लाखको सुन्तला पनि बिक्रीको व्यवस्था मिलाएका छन् ।

दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिए ।

बेनीमा पोल्टी« र घरजग्गा व्यवसाय गर्दै आएका विकासले २०७६ सालमा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

पाखोबारीलाई घेराबार गर्ने, गरा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए ।

उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए ।

काठमाडौंको बल्खुका व्यापारीसँग सिधैँ सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए । घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् । अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ किसानका लागि उदाहरणको पात्र बन्नुभएको दोसल्लेका अगुवा किसान खगवीर पाइजाले बताए । (रासस)

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ८ : ४० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।