उपकरण प्रयोग गरेर जुट तयारी सुरु « Khabarhub

उपकरण प्रयोग गरेर जुट तयारी सुरु


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुनसरी– पूर्वी तराई क्षेत्रमा जुट अनुसन्धान केन्द्रले पछिल्लो समय बोक्रा छोडाउने उपकरणको प्रयोग गर्न थालेको छ । जुट अनुसन्धान केन्द्र इटहरीले अघिल्लो वर्ष मोरङमा उपकरण प्रयोग गरेर यसको सुरुवात गरेकामा यसपटक सुनसरीको देवानगञ्जमा उपकरण प्रयोग गरेको जानकारी दिइयो ।

जुट धुने मानिसको अभाव हुँदा उपकरण किसानलाई प्रोत्साहन गर्नकै लागि प्रदर्शनमा राखेर आवश्यक ज्ञान दिई बोक्रा छोडाउने प्रयोग गरिएको केन्द्रका प्रमुख सन्तोषराज त्रिपाठीले जानकारी दिए ।

उनले भने, ‘अब उत्पादन बढाउनका लागि धेरै क्षेत्रफलमा लगाउन ठूला किसानलाई प्रोत्साहन गर्नुपर्ने हुँदा उपकरण प्रयोग गरेर सहज बनाउन थालिएको छ । भारत र बङ्गलादेशमा पनि उपकरणकै प्रयोग गर्ने गरिएको छ ।’

अनुसन्धान केन्द्रका अनुसार पूर्वको तराईका जिल्लामा सात हजार हाराहारी हेक्टरमा जुटखेती लगाउँदा दस हजार हाराहारी मेट्रिक टन उत्पादन हुने गरेको छ । कृषि विकास मन्त्रालयको कृषि सूचना तथा प्रशिक्षण केन्द्रको बुलेटिनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०८०–८१ मा सात हजार २२० हेक्टर क्षेत्रफलमा जुट लगाउँदा दस हजार २२० मेट्रिक टन जुट उत्पादन भएको छ ।

पूर्वका जिल्लामध्ये सबैभन्दा बढी सुनसरी र मोरङमै जुटखेती हुने गर्छ । यी बाहेक झापा, सिरहा, सप्तरी र उदयपुरमा पनि जुटखेती हुने गर्छ ।

अहिले नेपालमा उत्पादन भएको जुटले यहाँका उद्योगका लागि १० देखि १५ प्रतिशतसम्म धान्ने गर्छ । बाँकी ८५ देखि ९० प्रतिशत उद्योगका लागि चाहिने कच्चापदार्थ भारत र बङ्गलादेशबाट ल्याउने गरिन्छ । देशभर सञ्चालित ११ उद्योगमध्ये अहिले ६ वटा बन्द छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ९ : २३ बजे

विद्युत प्राधिकरणले ‘एई साथी’ कार्यान्वयनमा ल्याउँदै 

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी

कांग्रेस अनुशासन समितिको बैठक शुक्रबार बस्ने

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आगामी फागुन

रुकुमपूर्वमा प्रचण्डका ८४ घण्टा : जनयुद्धको स्मरणदेखि विकासको प्रतिवद्धतासम्म

रुकुमपूर्व– हिमाली हावा चलिरहेको पातीहाल्नाको सीमामा जब नेपाली कम्युनिष्ट पार्टीका

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा

एआई प्रयोगमा अग्रणी बन्दै विद्युत प्राधिकरण, ‘एई साथी’ कार्यान्वयन हुने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले प्रविधिको विकाससँगै प्रविधिमैत्री सेवा प्रवाहलाई