आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’ « Khabarhub

आईटी क्षेत्रमा नेपालले के गर्न सक्छ ? सुन्नुहोस् गगन थापाको ‘भिजन’

‘पाँच वर्षमा नेपाललाई डिजिटल हब बनाउँछौँ’


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले आईटीको क्षेत्रमा नेपालमा लगानी भित्र्याउन सक्ने योजना सार्वजनिक गरेका छन्। आईटी क्षेत्रमा ग्लोबल पहुँच विस्तार गर्न सकिने र त्यही अनुसार रणनीति बनाएर पाँच वर्षमा सुधार गर्नुपर्ने उनको भनाइ छ।

सामाजिक सञ्जालमा सक्रिय थापाले भिडियो सन्देश सार्वजनिक गर्दै आईसिटीको क्षेत्रमा स्थिर करको नीति परिवर्तन गर्नुपर्ने र जनशक्तिका लागि थप लगानी गर्नुपर्ने बताएका छन् ।

पढेकाले काम नपाएको बताउने र कम्पनीले कामदार नपाएको अवस्था देखिएकाले त्यसलाई अन्त्य गर्नुपर्ने उनकाे भनाइ छ ।

स्वतन्त्र ढंगले जनशक्ति बढाउन लाग्नुपर्ने र डिजिटल उत्पादन व्यापक रुपमा बढाउनुपर्ने उनको भनाइ छ । राज्यले कृषिदेखि सम्पूर्ण क्षेत्रमा यसलाई विस्तार गर्नुपर्ने उनको भनाइ छ।

विद्यालय तहको शिक्षामा लगानी गर्नुपर्ने, एआईको माध्यमबाट जनशक्तिलाई विकास गर्नुपर्नेमासमेत उनले जोड दिएका छन्। आईटी सबैभन्दा महत्त्वपूर्ण हो भन्ने कुरा सबैले बुझ्नुपर्ने बताए।

उनले भारतमा सफ्टवेयर कम्पनीको विस्तार गर्न सक्नुपर्ने उनले बताए। उनले राज्यले मात्र गरेर नहुने भएकाले यसमा निजी क्षेत्र सक्रिय हुनुपर्ने बताए ।

यसका लागि कानुनी प्रावधानलाई परिवर्तन गर्नुपर्ने उनको योजना छ। उनले विद्युतको क्षेत्रमा प्रविधिको उपयोग गर्ने र हरित ऊर्जालाई कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनुपर्नेमा जोड दिएका छन्। उनले समस्या पहिचान गरेर समाधान खोज्ने योजना बनाएको र पाँच वर्षभित्रमा अहिलेको बिन्दुबाट कहाँ पुर्‍याउने भन्ने तयारी गरेको बताए।

उनले धेरै पटक भाषण गरेको र अब पाँच वर्षलाई खेर नफाली नेपाललाई डिजिटल हब बनाउने रणनीति बनाएर अगाडि बढाएको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १० : २४ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला