स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ : मुख्यमन्त्री यादव « Khabarhub

स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ : मुख्यमन्त्री यादव


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले स्वच्छ निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।

निर्वाचन आयोग र नेपाल कानून समाजद्वारा आज जनकपुरधाममा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका’ शीर्षकमा आयोजित छलफलमा उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना बिना लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण सम्भव नहुने बताए ।

मुख्यमन्त्री यादवले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय, सुरक्षाकर्मी, सञ्चारमाध्यम तथा नागरिक समाज सबैले आ–आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिए । 

निर्वाचन आयुक्त सगुन शमशेर जवरले निर्वाचन आचारसंहिता केवल कानुनी दस्तावेज मात्र नभई स्वच्छ निर्वाचनको नैतिक आधार भएको बताए। उनले निर्वाचनलाई मर्यादित र पारदर्शी बनाउन सरोकार भएका सबैको साझा प्रतिबद्धता अपरिहार्य भएको बताए । 

आयुक्त जवरले आचारसंहिता उल्लङ्घनमा आयोगले शून्य सहनशीलताको नीति अवलम्बन गर्ने स्पष्ट पार्दै अनुगमन संयन्त्र सुदृढ बनाइएको जानकारी दिए ।

छलफलमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, कानुन व्यवसायी, सञ्चारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता थियो ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : १७ बजे

जितु र मुन्नीले सके ‘कार्की साइँला’को सुटिङ

काठमाडौं – कलाकार जितु नेपाल र नायिका प्रियना आचार्य (मुन्नी)ले

बालेन सरकारमा जान तम्तयार यी ३० अनुहार

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले संविधानको धारा ७६ (१) अनुसार एकल

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी