तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने « Khabarhub

तुलसी घिमिरेको ‘पहाड’ नयाँ वर्षमा आउने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’को प्रदर्शन मिति तय गरिएको छ । उनका अनुसार फिल्म वि.सं २०८३ को वैशाख १ गतेबाट प्रदर्शनमा आउनेछ ।

निर्देशक घिमिरे भन्छन्, ‘हामीले स-परिवार हेर्न मिल्ने फिल्म बनाएका छौं । त्यसका लागि उपयुक्त मिति नयाँ वर्ष नै लाग्यो ।’

युवा विदेश पलायन हुँदा खाली भएका पहाडले ल्याउने सामाजिक र आर्थिक समस्याको कथामा फिल्म बनेको उनले खुलाए ।

यो फिल्ममा विपीन कार्की, सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री र रवीन्द्रसिंह बानियाँलगायतको अभिनय रहेको छ ।

घिमिरेले कान्छी छोरी पञ्चमीलाई यसै फिल्ममार्फत नायिकाको रुपमा दर्शकसामु ल्याउदैछन् ।

निर्देशक घिमिरे र वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले यो फिल्ममा करिब तीन दशकपछि सहकार्य गरेका हुन् । उनीहरुले सन् १९९७ मा प्रदर्शनमा आएको फिल्म ‘बलिदान’मा सहकार्य गरेका थिए ।

त्यस्तै, यही फिल्ममा घिमिरेले खलनायक सुनील थापासँग तीन साढे तीन दशकपछि सहकार्य गरेका हुन् । उनीहरु ‘चिनो’ फिल्ममा सहकार्य गरेका थिए ।

‘चिनो’ फिल्मको पात्र ‘राते काइँला’बाट सुनील चर्चामा आए । घिमिरेकै फिल्म ‘पहाड’ प्रदर्शनमा नआउँदै सुनीलको निधन भयो ।

भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा बनेको यो फिल्मको निर्मात्री ओजस्वी केसी हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १२ : ३५ बजे

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव

जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह

 काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले

आईसीयू नहुँदा राप्ती प्रादेशिक अस्पतालका गम्भीर बिरामी जिल्ला बाहिर रेफर

तुलसीपुर– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष (आईसीयू)