आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२ « Khabarhub

आजदेखि घरदैलो अभियान सुरु, जनचासोमा भक्तपुर-२


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रचारप्रसारमा जटेका दलहरूले आजबाट घरदैलो अभियान सुरु गरेका छन् । 

प्रतिनिधिसभाको निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. १ र क्षेत्र नं. २ मा उम्मेदवारी दिएका मुख्य दलहरूले आजबाट घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

आज बिहान नेकपा (एमाले), नेपाली कांग्रेस, नेमकिपा, राप्रपा, रास्वपालगायतका दलहरूले निर्वाचनका दुवै क्षेत्रमा घरदैलो अभियान सुरु गरिसकेका छन् भने अन्य दल र स्वतन्त्र उम्मेदवारले पनि प्रचारप्रसार तीव्र पारेका छन् । 

भक्तपुर क्षेत्र नं. २ मा चुनावी सरगर्मी बढेको छ । मुख्य प्रतिस्पर्धी दलहरूलाई चुनावी माहौलले तताएको छ । निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरू जनता माझ पुगिरहेका छन् भने विकासका एजेण्डा बोकेर उम्मेदवारहरू घरघर टोलटोल पुग्न थालेका हुन् ।

भक्तपुर क्षेत्र नं. २ यस वर्षको निर्वाचनमा निकै चासोको क्षेत्र बनेको छ । नेकपा (एमाले)का सचिव महेश बस्नेतको उम्मेदवारी रहेको यस क्षेत्रको निर्वाचन के हुन्छ भन्नेमा मतदाताबीच अड्कलबाजी गर्न व्यस्त छन् । बस्नेतले यस क्षेत्रबाट लगातार चौथो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्  । 

यसअघि विसं २०७० को निर्वाचनमा रामेश्वर ढुङ्गेलसँग पराजित भएका उनी २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गाना पराजित गरेका थिए । साथै २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका दुर्लभ थापाले २४ हजार २३८ मत ल्याएर निर्वाचित हुँदा एमालेका महेश बस्नेतले भने २३ हजार २७९  मत ल्याएर बस्नेत पराजित भएका थिए । 

यसपटकको निर्वाचनमा बस्नेतसँगै नेपाली काँग्रेसको तर्फबाट पत्रकार कबिर राणा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पत्रकार राजीव खत्री र नेकपाका दिपशिखा प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रमा २०४८ सालमा नेपाली काँग्रेसका जगन्नाथ आचार्य, २०५१ सालमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालमा कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालमा नेमकिपाका सुनिल प्रजापति, २०७० सालमा नेपाली काँग्रेसका रामेश्वर ढुंगेल, २०७४ सालमा नेकपा एमालेका महेश बस्नेत र २०७९ सालमा नेपाली कांग्रेसका दूर्लभ थापा निर्वाचित भएका थिए  । 

एमालेका बस्नेत संवृद्ध र सुखी भक्तपुरको मुद्दा लिएर अगाडि बढेका छन् । नेपाली कांग्रेसका राणा भक्तपुरको सेरोफेरो विकास गर्ने एजेण्डा बोकेर जनतामाझ गएको बताउँछन् । भक्तपुर क्षेत्र नं. २ मा कांग्रेसको बलियो आधार रहेको, यसअघि पनि तीन पटक कांग्रेस विजयी भइरहेको क्षेत्र भएकाले आफ्नो जितको आधार भएको बताए । 

चुनावी प्रचारमा तीव्र गतिमा लाग्दै टोलटोल मतदातामाझ पुगेका रास्वपाका उम्मेदवार एवं पत्रकार राजिव खत्री मतदाताले यस पटक नयाँलाई अवसर दिन माग गरेका छन् । उनले भक्तपुरदेखि देशभरको समस्या संसदमा उठाउने र भक्तपुरको विकासमा लाग्ने प्रतिबद्धता जनाएका छन् । 

नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार भएका रामप्रसाद सापकोटा (दिपशिखा) ले पनि भक्तपुरको विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै विभिन्न दलहरूसँगको एकता र मतदाताको विश्वासले यस पटक क्षेत्र नं. २ मा पहिलो पटक आफू निर्वाचित हुने दाबी गरे । 

भक्तपुर क्षेत्र नं. २ मा यसपटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विक्रम थापा, उज्यालो नेपाल पार्टीबाट जितराम लामा, श्रम संस्कृति पार्टी अर्जुन बासु, त्रीमुल नेपालबाट राकेश श्रेष्ठ, नेपाल जनसेवा पार्टी जानुका पाठक, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पत्रकार जन्मदेव जैसी, नेपाल कम्युनिस्ट पाटी संयुक्त लोककृष्ण दाहाल, जनता समाजवादी पार्टी नेपालबाट नवीन श्रेष्ठ, नेकपा माओवादीबाट प्रकाशराज ढुङ्गेल, मंगोल नेशनल अर्गनाइजेसनबाट पेम्वा घले, नेपालका लागि नेपाली पार्टीबाट राजेश बाडे पनि मतदाताको घरदैलोमागएर मत माग्न थालेका छन्  । 

यस क्षेत्रबाट सविन महत, प्रदिपकुमार रूपाखेती, आनन्द कार्की, मधु प्रकाश साहुखल, श्यामकृष्ण धुख्वा, लक्ष्मि बास्तोला पौडेल, बालकृष्ण थापा, ओमकृष्ण कुटु, नवीनकुमार महत, साजन ढकाल, सुवर्ण थापा, रेणु श्रेष्ठ, अर्चना भट्टराई, अनिता भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
 

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  १ : ०७ बजे

म्यान्मारलाई सहायता रकम हस्तान्तरण

काठमाडौं– नेपाल सरकारले गत मार्चको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त म्यान्मारका दुई

पाटन ढोकामा जगदीश खरेलको मतदाता भेटघाट अभियान (तस्बिरहरू)

काठमाडौं– यही फागुन २१ गते हुने निर्वाचनको लागि आजदेखि घरदैलो

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं

सुरक्षित निर्वाचनका लागि सक्रियता बढाउँदै सेना, थाल्यो मोटरसाइकलमा गस्ती

सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ

रुस-युक्रेन युद्धमा मारिएका सैनिकको परिवारलाई किम जोङ उनले राजधानीमै घर दिने

प्योङयाङ- रुस–युक्रेन युद्धमा ज्यान गुमाएका आफ्ना सैनिकका परिवारलाई लक्षित गर्दै