‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने « Khabarhub

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने भएको छ ।

निर्माण पक्षका अनुसार यो फिल्म भारतमा मार्चको दोस्रो साताबाट रिलिज हुने भएको छ ।

इन्फिनिटी इभेन्ट एन्ड इन्टरटेनमेन्टले भारत रिलिजको जिम्मा लिएको निर्माण पक्षले जानकारी दिएको छ ।

लभस्टोरी जनराको यस फिल्म नेपालमा माघ २३ देखि प्रदर्शनमा आएको छ । सकारात्क प्रतिक्रिया पाए पनि यो फिल्मको व्यापार कमजोर छ ।

चलचित्र विकास बोर्डका अनुसार फागुन २ सम्म यसले १९ लाख ४३ हजारमात्रै ग्रस कलेक्सन गरेको छ ।

इन्फिनिटीका प्रतिनिधिले भने,‘ रमिताको पिरतीले आजको युवाको प्रेमलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’

भारतका कुन सहरमा यो फिल्म प्रदर्शन गर्नेबारे तय भइनसकेको निर्माण पक्षले जनाएको छ ।

सुदिप्ताको डेब्यू निर्देशनमा बनेको यो फिल्ममा नायकहरु समीर श्रेष्ठ, धिरज मगर र विनय श्रेष्ठ हुन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : ३७ बजे

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

तेहरान- इरानले अमेरिकाको प्रस्तावित ४८ घण्टे युद्धविराम अस्वीकार गरेको सरकारी

मदिरा पिएरसवारी साधन हुइँक्याइरहेका नौ चालक कारबाहीमा

काठमाडौं– मदिरा पिएर सडकमा सवारी साधन हुइँक्याइरहेका नौ जना चालक

ओखलढुङ्गामा आगलागी ५७ लाख बढीको क्षति

ओखलढुङ्गा– जिल्लाको सिद्धिचरण नगरपालिका–२, केउरेनीका बुद्धिकुमार आचार्यका दुई वटा घरमा

कांग्रेसको १५औँ महाधिवेशन : केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै निर्वाचन क्षेत्रमा

अफगानिस्तानमा वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, १ सय १६ जना घाइते

काठमाडौं- अफगानिस्तानमा वर्षाका भएका विभिन्न घटनामा मृत्यु हुनेको सङ्ख्या ६१