अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ « Khabarhub

अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक : युनिसेफ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काबुल- संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) ले आफ्नो पछिल्लो प्रतिवेदनमा अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेको जनाएको छ ।

यसमध्ये करिब १२ लाख बालबालिका पनि रहेका छन् । प्रतिवेदन अनुसार, लगातारको खडेरी, बाढी, आर्थिक स्थिरताको कमी र बढ्दो बेरोजगारीका कारण मानविय आवश्यकताहरू उल्लेखनीय रूपमा बढेका छन् ।

अत्यधिक मौसमका असरले खाद्य अभाव बढेको छ । युनिसेफले स्वास्थ्य, पोषण, पानी र सरसफाइजस्ता महत्वपूर्ण क्षेत्रमा वित्तीय अभाव रहेको पनि औंल्याएको छ ।

यसले सेवा वितरणमा असर पुर्‍याएको छ र आवश्यक जीवनरक्षक सामग्रीको आपूर्ति अवरुद्ध हुन सक्ने चिन्ता बढाएको छ । प्रतिवेदनले अफगानिस्तानमा मानविय सहायता अझ तीव्र आवश्यक रहेको र तत्काल कदम चालिनुपर्नेमा जोड दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : १३ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला