चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ « Khabarhub

चुनाव नजिकिँदै गर्दा जेन-जी आन्दोलनका क्रममा भागेका सात कैदी पक्राउ


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार खोजतलासका क्रममा उनीहरूलाई आइतबार नियन्त्रणमा लिई सम्बन्धित कारागार कार्यालयमा दाखिला गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरू विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका थिए। पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भई गोकर्णेश्वर–६ बन्चरेटार चोक बस्दै आएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ (डाँका चोरी), लमजुङ दूधपोखरी–४ घर भई कलंकी बस्ने २० वर्षीय प्रितम गुरुङ (चोरी), कञ्चनपुर पुनर्वास घर भई सुन्धारा बस्ने २३ वर्षीया बविता तामाङ (मानव बेचबिखन तथा ओसारपसार) छन् ।

उता काभ्रेपलाञ्चोक ठाँटीचापखोरी घर भएका २२ वर्षीय विक्रम नेपाली (नकबजनी चोरी), दोलखा मेलुङ–२ घर भएका भुवन तामाङ (लागुऔषध), सिन्धुली फिक्कल–३ घर भएका अनिस मगर (ज्यान मार्ने उद्योग) र भारत घर भएका रोशन साह (लागुऔषध) पनि पक्राउ परेका छन् ।

परिसरले फरार कैदीबन्दीको खोजी कार्यलाई निरन्तरता दिँदै कानुन कार्यान्वयनमा कडाइ गरिरहेको जनाएको छ।

प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित कारागार पठाइएको छ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : ३५ बजे

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला