नेप्से परिसूचक आठ अंकले घट्यो « Khabarhub

नेप्से परिसूचक आठ अंकले घट्यो


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक आठ दशमलव १६ अंकले घटेर दुई हजार ६६२ दशमलव ९१ को बिन्दुमा कायम भएको छ ।

आज ३३५ कम्पनीको एक करोड ९६ लाख १६ हजार ३९५ कित्ता शेयर ८० हजार ५५९ पटक खरिदबिक्री हुँदा सात अर्ब ९४ करोड २७ लाख ६० हजार २२० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ५६, होटल तथा पर्यटन शून्य दशमलव ४३ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंक समूह शून्य दशमलव ०५, विकास बैंक शून्य दशमलव ४६, जलविद्युत् एक दशमलव ०२, लगानी शून्य दशमलव ६०, जीवन बीमा शून्य दशमलव ४५, लघुवित्त शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २३, म्युचुअल फन्ड शून्य दशमलव २१, निर्जीवन बीमा शून्य दशमलव ४६, व्यापार शून्य दशमलव ६८ र अन्य समूह शून्य दशमलव ०७ प्रतिशतले घटेको छ ।

आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड र सलपा विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव ३८ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रिडि पावर कम्पनी लिमिटेडको रु ६५ करोड तीन लाख २२ हजार १६३ बराबरका रु २० लाख १४ हजार १२६ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : १० बजे

आँसुसँगै सकियो रोनाल्डोको विश्वकप यात्रा

फुटबलमा केही खेलाडीले उपाधि जितेर इतिहास लेख्छन्, केहीले आफ्नो प्रदर्शनले

आजपनि घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ ।

पुनः लयमा फर्किदै नवलपुर क्षेत्रका होटल व्यवसाय

नवलपरासी– निर्माणाधीन नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको काम अन्तिम चरणमा पुगेपछि

सवारी नियम उल्लङ्घनमा एकै दिन दुईहजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन दुई हजार ७६

कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा

कास्की– जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति