कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान « Khabarhub

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

प्रतिष्ठानले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको हो । प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गरेको छ भने ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गरेको छ ।

त्यसैगरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई प्रदान गरिएको छ ।

त्यस्तै ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गरिएको छ । प्रतिष्ठानले विगत १७ वर्षदेखि कलाश्री सम्मान र पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : २४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल