कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान « Khabarhub

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री सम्मान तथा पुरस्कार प्रदान गरेको छ । 

प्रतिष्ठानले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री सम्मान प्रदान गरेको हो । प्रतिष्ठानले राष्ट्रिय कलाश्री सम्मान वरिष्ठ नाटककार तथा गीतकार मनबहादुर मुखियालाई प्रदान गरेको छ भने ‘राष्ट्रिय कलाश्री पुरस्कार’ निबन्धकार, सम्पादक तथा साहित्यिक अभियन्ता श्रीओम श्रेष्ठ ‘रोदन’लाई प्रदान गरेको छ ।

त्यसैगरी ‘स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार’ कवि तथा अनुवादक निमेष निखिललाई, ‘बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार’ पत्रकार तथा सर्जक राजेश खनाललाई, ‘थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार’ मिथिला कलाका साधक चित्रकार एस. सी. सुमनलाई प्रदान गरिएको छ ।

त्यस्तै ‘पद्मनेत्र राष्ट्रिय कलाश्री संगीत पुरस्कार’ प्रसिद्ध लोकगायिक तथा अन्वेषक झुमा लिम्बूलाई प्रदान गरिएको छ । प्रतिष्ठानले विगत १७ वर्षदेखि कलाश्री सम्मान र पुरस्कारहरू प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : २४ बजे

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२

प्रधानमन्त्रीका सल्लाहकारको नाम दुरुपयोग गरी २ करोड ५० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी

माथिल्लो त्रिशूली-१ को सुरुङबाट एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१

फिलिपिन्सको हाईस्कुलमा गोलीकाण्ड, दुई विद्यार्थी र बन्दुकधारीको मृत्यु

मनिला – दक्षिणी फिलिपिन्सको एक हाईस्कुलमा शुक्रबार भएको गोलीकाण्डमा दुई