‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित « Khabarhub

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई पुनः एकै पर्दामा उतार्ने तयारी गरिएको फिल्म ‘टाइगर भर्सेस पठान’ हालका लागि स्थगित भएको खबर सार्वजनिक भएको छ।

स्पाई युनिभर्स अन्तर्गत निर्माण हुने भनिएको यो फिल्मलाई लिएर लामो समयदेखि चर्चा चलिरहेको थियो। सन् १९९५ मा प्रदर्शन भएको करण अर्जुन पछि यी दुई कलाकार पूर्ण रूपमा एउटै कथामा देखिने सम्भावनाले दर्शकमाझ ठूलो उत्साह सिर्जना गरेको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म आर्थिक कारणले रोकिएको हो। दुवै कलाकारलाई करिब १००–१०० करोड भारतीय रुपैयाँ पारिश्रमिक दिनुपर्ने भएपछि निर्माण लागत असाध्यै बढ्ने देखिएको बताइएको छ। उच्च बजेटका कारण निर्माण टिमले जोखिम लिन नचाहेको स्रोतको दाबी छ।

यो फिल्म यशराज फिल्म्स को ब्यानरमा निर्माण हुने तयारीमा थियो। यसअघि सोही ब्यानरमा बनेको वार २ अपेक्षाअनुसार सफल हुन नसकेपछि निर्माण टिम थप सतर्क बनेको जनाइएको छ।

यद्यपि निर्माण कम्पनीले औपचारिक घोषणा भने गरेको छैन। तर परियोजना रोकिएको खबर बाहिरिएसँगै प्रशंसकहरूमा निराशा देखिएको छ।

हाल सलमान खान यस वर्ष प्रदर्शनमा आउने ‘ब्याटल अफ गलवान’ मा देखिने तयारीमा छन् भने शाहरुख खान ‘किंग’ मार्फत दर्शकमाझ आउँदैछन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  ४ : २६ बजे

महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला

बैतडी– महाकाली नदीमा बेपत्ता भएका  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बन्नाका ६४

एमालेमा विष्णु पौडेलको यु-टर्न, बादललाई ताकेर ओलीतिर निशाना

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबारदेखि

जनकपुरधामका १२ होटललाई स्तरोन्नतिको प्रमाणपत्र

जनकपुरधाम– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले तोकेको मापदण्ड

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दिपा दाहाल नियुक्त