खाद्यान्न उत्पादन र उपभोगबीच असन्तुलनका कारण पाकिस्तानमा पोषणको गम्भीर अभाव « Khabarhub

खाद्यान्न उत्पादन र उपभोगबीच असन्तुलनका कारण पाकिस्तानमा पोषणको गम्भीर अभाव


४ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको खाद्य प्रणालीमा गम्भीर संरचनागत समस्या रहेको पाइएको छ । संयुक्त राष्ट्रसंघले जारी गरेको प्रतिवेदनमा पाकिस्तानले नागरिकको पेट भर्नका लागि पर्याप्त मात्रामा खानेकुरा उत्पादन गरे पनि स्वस्थ र सन्तुलित आहारका लागि आवश्यक पौष्टिक तत्व पुर्‍याउन भने असफल भइरहेको जनाइएको छ ।

संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको अगुवाइमा गरिएको शोध प्रतिवेदन एक कार्यशालामार्फत् सार्वजनिक गरिएको हो । प्रतिवेदनमा पाकिस्तानीहरूको भागमा पुग्ने खानामा विविधताको कमी रहेको जनाइएको छ ।

पाकिस्तानी नागरिकको खानामा गहुँ, चामल जस्ता अन्न, चिनी र खाने तेलको मात्रा अत्यधिक हुन्छ । यसले गर्दा शरीरलाई चाहिने ऊर्जा प्राप्त भएपनि अन्य सूक्ष्म पोषक तत्व भने अपर्याप्त रहन्छ ।

प्रतिवेदनमा सन्तुलित भोजनका लागि आवश्यक पर्ने फलफूल, तरकारी र गेडागुडीको उपलब्धता र उपभोग निकै कम रहेको जनाइएको छ । विशेष गरी ग्रामीण भेगमा यो समस्या झनै विकराल रहेको प्रतिवेदन उद्धृत गर्दै पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ ।

प्रतिवेदनमा पाकिस्तानी नागरिकले मासु, अण्डा र कुखुराजन्य उत्पादनहरू औसतभन्दा निकै कम उपभोग गर्ने उल्लेख छ । गेडागुडीले पनि पशुजन्य प्रोटिनको अभावलाई पूर्ति गर्न सकेको छैन ।

पोषक तत्वको अभावले गर्दा पाकिस्तानमा अपाङ्गता र कुपोषण, रक्तअल्पता, दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्दै गएको प्रतिवेदनले चेतावनी दिएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार  २ : २० बजे

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन

डलर उच्च बिन्दुमा : सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत २ गते सोमबार चैत