युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो « Khabarhub

युद्धका कारण : कतारमा हुने स्पेन र अर्जेन्टिनाबीचको भिडन्त रोकियो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युरोपियन च्याम्पियन स्पेन र कोपा अमेरिका विजेता अर्जेन्टिनाबीच हुने तय भएको प्रतिष्ठित ‘फाइनलिसिमा’ फुटबल खेल युद्धका कारण रद्द भएको छ।

आगामी २६ मार्चमा कतारमा आयोजना गर्ने योजना बनाइएको खेलका लागि युरोपियन फुटबल महासंघ (युएफा) र दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) ले तयारी गरिरहेका थिए। तर क्षेत्रीय राजनीतिक परिस्थितिका कारण कतारमा खेल आयोजना गर्न सम्भव नभएको हो ।

युएफाले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘क्षेत्रको वर्तमान राजनीतिक अवस्थाका कारण कतारमा योजना अनुसार फाइनलिसिमा आयोजना गर्न सम्भव भएन। अन्य सम्भावित विकल्पहरू पनि खोजियो तर अन्ततः ती सबै अर्जेन्टाइन फुटबल संघलाई स्वीकार्य भएनन्।’

दक्षिण अमेरिकी फुटबल महासंघ (कोनमेबोल) र अर्जेन्टाइन फुटबल संघ (एएफए) ले संयुक्त विज्ञप्ति जारी गर्दै ३१ मार्चमा खेलाउने वैकल्पिक मिति प्रस्ताव गरिएको जानकारी दिएका छन्। तर यो मिति पनि स्वीकृत नभएपछि खेल अन्ततः रद्द गरिएको हो।

विज्ञप्तिअनुसार, एएफएले २७ मार्चमा इटालीको तटस्थ मैदानमा खेल आयोजना गर्ने प्रस्ताव प्राप्त गरेको थियो। अर्जेन्टिनाले त्यसमा सहमति जनाएको भए पनि मिति परिवर्तन गरी ३१ मार्च गर्न सुझाव दिएको थियो। तर युएफाले मूल प्रस्तावभन्दा चार दिन ढिलो गरी खेल आयोजना गर्न सम्भव नभएको बताउँदै खेल रद्द गर्ने निर्णय गरेको हो।

युएफाका अनुसार अर्जेन्टिनाले विश्वकपपछि खेल आयोजना गर्ने अर्को प्रस्ताव पनि दिएको थियो। तर स्पेनको तालिकामा खाली मिति नभएकाले त्यो विकल्प पनि सम्भव भएन।

स्पेनी फुटबल संघले भने खेल आयोजना गर्न आफूहरूले ‘गम्भीर प्रयास’ गरेको जनाएको छ। संघले स्पेनमै वा तटस्थ मैदानमा जुनसुकै स्वरूपमा खेलाउन तयार रहेको बताएको थियो।

उता, मध्यपूर्वमा जारी द्वन्द्वका कारण आगामी अप्रिलमा हुने तय भएका बहराइन र साउदी अरेबियाका फर्मुला–१ ग्रान्ड प्रिक्स प्रतिस्पर्धा पनि रद्द गरिएका छन्। फर्मुला–१ ले क्षेत्रीय सुरक्षाका कारण प्रतियोगिता आयोजना गर्न सुरक्षित नभएको जनाएको छ।

चार वर्षमा एक पटक आयोजना हुने फाइनलिसिमा प्रतियोगिता युएफा र कोनमेबोलको संयुक्त आयोजनामा हुने गर्छ। यसको पछिल्लो संस्करण सन् २०२२ मा लन्डनको वेम्बली रंगशालामा भएको थियो, जसमा अर्जेन्टिनाले उपाधि जितेको थियो।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ८ : ५१ बजे

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन– कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम

वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्डले सुदूरपश्चिमबाट एनपीएल खेल्ने

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृ*त्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले