नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा « Khabarhub

नयाँ सांसदलाई अभिमुखीकरण दिँदै रास्वपा

दुईतिहाइ जनमतपछि कार्यशैलीमा एकरूपताको खोजी


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपाले मंगलबार र बुधबार दुई दिन अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न लागेको हो।

पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदलाई उनीहरूको काम, कर्तव्य, पार्टीको नीति, दृष्टिकोण र कार्यदिशाबारे सुसूचित गर्न तथा कार्यशैलीमा एकरूपता कायम गर्न प्रशिक्षित गर्न लागिएको हो ।

फागुन २१ गते सम्पन्न निर्वाचनमा रास्वपाले दुईतिहाइ नजिक जनमत प्राप्त गरेको छ। पार्टीका तर्फबाट प्रत्यक्षतर्फ १२५ जना सांसद निर्वाचित भएका छन् भने समानुपातिकबाट ५७ जना सिफारिस भएका छन्।

सबै दलका समानुपातिकतर्फ सांसदले भने निर्वाचन आयोगबाट प्रमाणपत्र पाएका छैनन् ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : २२ बजे

अछामको विकास निर्माणलाई गति दिन जोड

अछाम– जिल्लास्थित विभिन्न विकास निर्माण आयोजनाका प्रमुख, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास

स्वर्णिमको भारत भ्रमणको अभिव्यक्तिलाई एमाले नेताले भने : आत्मसमर्पणवादी

काठमाडौं– नेकपा एमालेका नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत

प्रेमको प्रतीक ‘रानीमहल’ बगरमा परिणत

पाल्पा– पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई

३३ अंकले बढ्यो नेप्से, कारोबार कति ? 

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा