एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन « Khabarhub

एन्फा गेट अगाडि क्लबहरूको नाराबाजी : मनपरी तालिका मान्य छैन


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)ले एकलौटी तवरले सहिद स्मारक ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लबहरू आन्दोलित भएका छन् । 

एन्फा र क्लबहरूबीच यसअघि भएको सहमति कार्यान्वयन गर्नुको साटो एकलौटी तवरले ए डिभिजन लिगको मिति तय गरेको भन्दै ए डिभिजन क्लवहरुले सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा प्रदर्शन गरेका हुन् । प्रदर्शनसहित एन्फा कार्यालय जान लागेका प्रदर्शनकारीलाई प्रहरीले गेटमा नै रोकेपछि उनीहरूले बाहिर धर्ना दिएका थिए ।

ए डिभिजन क्लबहरूले कार्तिक १७ गते भएको कार्यतालिकासहितको सहमति कार्यान्वयन हुनुपर्ने, विदेशी खेलाडीहरूको हकमा विन्ड खुला गरी एकद्वार प्रणालीबाट परमिट लिने व्यवस्था अविलम्ब गर्नुपर्ने माग राखेका छन् । 

साथै उनीहरूले सहिद स्मारक ए डिभिजन लिगको लागि १४ क्लबको सहभागी हुने भन्ने उल्लेख गरिएकोले लिगको वैधताको तथा कानुनी अड्चन आउन नदिन एन्फाले समयमै निर्णय गरी १४ वटा क्लबको सहभागिता सुनिश्चितता गर्नुपर्ने जनाएका छन् भने एकलौटी तवरले सहभागी क्लबहरूसँग छलफल नै नगरी मनोमानी तवरले लिग नगर्ने उद्देश्यका साथ लिगको मिति तय गरेकोमा उक्त निर्णय अबिम्ब सच्चाइ क्लबहरू सहमति अनुसार निर्णय गर्न उनीहरूले माग राखेका छन् ।

लिग सम्बन्धी प्राविधिक तथा आर्थिक पक्ष सबै सुनिश्चितता गरी क्लबसँगको सहमतिमा मात्र लिगको मिति तय गर्नुपर्ने माग छ ।  

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ५८ बजे

त्रिशूली थ्री ‘ए’को सुरुङबाट निकालिएका सञ्जय सैनिक अस्पतालबाट डिस्चार्ज

काठमाडौं– गत भदौ १० गते रसुवा भोटेकोशीमा आएको बाढीका कारण

राष्ट्रसंघको महासभामा जलवायु संकटबाट नेपालमा परेको असर जाकारी गराउछौँ : परराष्ट्र

काठमाडौं– नेपालले अमेरिकी न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा

पूर्वप्रेमिकालाई दिएको उपहार फिर्ता माग्ने सिङ्गापुरका एक जनाले मुद्दा हारे

काठमाडौं- सिङ्गापुरका एक व्यक्तिले आफ्नी पूर्वप्रेमिकालाई प्रेम सम्बन्धमा रहँदा दिएको

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले