आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर « Khabarhub

आँबुखैरेनीद्वारा सात लाखको छात्रवृत्ति वितर


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रमअनुसार कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीलाई सात लाख ५० हजार बराबरको छात्रवृत्ति प्रदान गरेको छ ।

गाउँपालिकाले ७५ विद्यार्थीलाई सो छात्रवृत्ति वितरण गरेको हो । रामशाह माध्यमिक विद्यालयका ४०, मित्रता माध्यमिक विद्यालयका ३० तथा अन्य स्थानमा अध्ययनरत पाँच  विद्यार्थीलाई प्रतिविद्यार्थी १० हजारका दरले छात्रवृत्ति उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिए ।

शिक्षा क्षेत्रको विकास गाउँपालिकाको प्रमुख प्राथमिकतामा रहेको उनले बताए। विद्यार्थीलाई अध्ययनमा थप उत्साह मिलोस् भन्ने उद्देश्यले छात्रवृत्ति कार्यक्रम सञ्चालन गरिएको अधिकृत अधिकारीले बताए। 

आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने सोचका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ छ ।  
 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  १ : ४८ बजे

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको

पहिलो हार दशा कटेजस्तै भयो : इशान पाण्डे

काठमाडाैं – सुदूरपश्चिम रोयल्सका ब्याटर इशान पाण्डेले नेपाल प्रिमियर लिग

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शक्तिशाली चक्रवाती आँधी

सुदूरपश्चिमले पोखरालाई हराउँदा मैदान जे देखियो (तस्बिरहरू)

काठमाडाैं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको

नभसुरक्षामा नेपाली सेना सक्रिय

काठमाडौं – नेपाली सेनाको हवाई सेवाले दुई लाख घण्टाभन्दा बढी