वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ « Khabarhub

वरिष्ठ डिभिजन वन अधिकृत भट्ट पक्राउ


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गोदावरी– कैलालीको वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।  

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट पक्राउ गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको आधारमा पक्राउ गरिएको बताए  । 

उनका अनुसार भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । भट्टले मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ । 

भट्टले केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग पाँच लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्राही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : ३७ बजे

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

दुबई- युनाइटेड अरब एमिरेट्समा सामाजिक सञ्जालमार्फत् भ्रामक तथा बनावटी सामग्री

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र