भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु « Khabarhub

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको जनाइएको छ ।

ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार  आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले पत्रकारहरूलाई बताएका छन् । बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका सर्ट भएका कारण आगलागी भएको बताएका छन् । 

घटनाको समयमा २३ जना  बिरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाएका छन्। बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पीडित  परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।

यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए भने सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  २ : ५५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले