पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो « Khabarhub

पौने ४ करोडको भ्रष्टाचार मुद्दामा कांग्रेस पूर्वसांसद चालिसेसँग ५ लाख धरौटी मागियो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेसँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी मागेको छ।

विशेष अदालतका अध्यक्ष नारायणप्रसाद पौडेल र सदस्य बिदुर कोइरालाको इजलासले सोमबार चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको हो ।

चालिसेले तत्कालीन अवस्थामा काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा चलाएको थियो ।

तर उनले अनुसन्धानका क्रममा अख्तियारका अधिकारी र विशेष अदालतको इजलाससमक्ष इन्कारी बयान दिएका थिए ।

अख्तियारले उनीविरुद्ध ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपसहित गत मंसिर २८ गते मुद्दा चलाएको थियो । चालिसे अघिल्लो कार्यकालमा संघीय संसद्‌को अर्थ समितिका सभापति भएका थिए ।

चालिसेले सार्वजनिक पदमा बहाली हुँदा ८ करोड ५६ लाख रुपैयाँ बराबरको सम्पत्ति जोडेका थिए । जसमध्ये चार करोड ८८ लाख रुपैयाँमात्रै वैध रहेको निचोडसहित अख्तियारले मुद्दा चलाएको थियो । उनले ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको भन्दै अख्तियारले बिगो कायम गरेको थियो ।

अख्तियारले विशेषमा चालिसेसहित पत्नी मन्दिरा, छोरा सागर र सञ्जीव तथा बुहारी प्रमिला पोखरेललाई सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

चालिसेस २०७४ सालको निर्वाचनबाट गोकर्णेश्वर नगरपालिकाका मेयर बनेका थिए । मेयरको जिम्मेवारी पूरा गरेपछि उनी २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ४ : ३७ बजे

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन