वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो « Khabarhub

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको माग अनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको जनाएको छ ।  

राष्ट्रिय उपभोक्ता मञ्चले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक नरहरि तिवारीले अनावश्यक सञ्चय भन्दा पनि माग अनुसार आपूर्ति हुन नसक्दा खाना पकाउने ग्यासको अभाव देखिएको बताएका हुन् ।

उनले दैनिक १३० बुलेट ग्यास आउँदा पर्याप्त हुने भए पनि हाल दैनिक ९० बुलेट मात्रै ग्यास आउने गरेको जानकारी विभागमा प्राप्त भएको उल्लेख गरे ।

निर्देशक तिवारीले ग्यासका अभाव भएपछि गरिएको बजार अनुगमनका क्रममा समेत व्यापारीले ग्यास लुकाएको नभेटिएको उल्लेख गरे ।

उनले ग्यासको अभाव बढ्ने मनोवैज्ञानिक त्रासले उपभोक्ताले केही सञ्चय गरेको देखिएको धारणा राखे । निर्देशक तिवारीले ग्यासका साथै इन्डक्सन चुलो बिक्री वितरणका विषयमा समेत विभागले आवश्यक अनुगमन गरिरहेको बताए । 

कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाल आयल नियमको अकर्मण्यता र केही व्यापारीहरूले लुकाई कृत्रिम अभाव गरी कालोबजारी गरेका कारण खाना पकाउने ग्यासको अभाव देखिएको बताए । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ५ : ०६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप