पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’ « Khabarhub

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


870
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय पदार्थको बिक्री बढ्दै गएको छ ।

आकर्षक प्याकेजिङ, आकर्षक विज्ञापन र मिठो स्वादका कारण धेरैले त्यस्ता पेय पदार्थलाई मन पराएर पिउने गरेका छन् ।

ती पेय पदार्थ पिउँदा आफ्नो शरीरलाई कति हानी गर्छ वा गर्दैन भन्नेबारे उपभोक्ताले ध्यान नदिएको पाइन्छ। तर, इनर्जी ड्रिंकले मानिसमा ढिलो वा चाँडो गम्भीर असर गर्ने विज्ञ बताउँछन् ।

पछिल्लो समयमा फेरि बजारमा एक्सट्रिम इनर्जी ड्रिंकको नाममा नयाँ पेय पदार्थ भित्रिएका छन् । निकै आकर्षक विज्ञापनसहित बजारभरि बिक्रीमा राखिएको उक्त पेय पदार्थको बिक्रीदर बढ्दो छ । तर, त्यो पेय पदार्थ नियमित पिउँदा स्वास्थ्यमा गम्भीर ससम्या आउन सक्ने देखिएको छ ।

के मिसाइएका छन् एक्सट्रिममा ?

एक्सट्रिम इनर्जी ड्रिंकमा साधारणदेखि शरीरलाई गम्भीर हानी गर्ने तहका वस्तुहरूको मिसावट गरिएको पाइएको छ । यसमा कार्बोनेट वाटर ग्लुकोज–फ्रुक्टोज स्यारुप एसिडिटी रेगुलेटर (इ ३३१, इ ३३०) मिसाइएको छ । त्यसमध्ये ग्लुकोज–फ्रुक्टोज स्यारुपको धेरै सेवन गर्दा मधुमेहको जोखिम बढ्छ ।

त्यस्तै, यो ड्रिंक्समा इ १५०डी र ई१०४ रङको प्रयोग गरिएको छ । जुन रङ बारम्बार सेवन गर्दा स्वास्थ्यमा दीर्घकालीन जोखिम हुने चिकित्सक नै बताउँछन् । अझ गम्भीर कुरा ई१०४ रङले बालबालिकामा अति चञ्चलता बढाउन सक्ने भएकाले कतिपय देशले यसको प्रयोगमा सीमितता लागू गरेका छन् ।

यसका साथै, एक्सट्रिम इनर्जी ड्रिंकमा माथि उल्लेखितबाहेक अन्य धेरै क्याफिन, टाउरिन, फ्लेवर, प्रिजरभेटिभ लगायत कृत्रिम वस्तुहरूको प्रयोग गरिएका छन् ।

 डा. यादव भन्छन् : १८ वर्ष मुनिकालाई जोखिमपूर्ण हुन्छ

डा. मनिष यादवले इनर्जी ड्रिंक्समा मिसाइएको कृत्रिम वस्तुले मस्तिष्कलाई असर पार्ने बताएका छन् । 

‘यस्तो इनर्जी ड्रिंकमा हुने भनेको केमिकल मात्रै हो, त्यसमा पनि विशेष क्याफिन, टाउरिन र अरु केमिकल हुन्छ जसले ब्रेनमा स्टिमुलेन्टको काम गर्छ, उत्तेजित पार्ने काम गर्छ’, उनले भनेका छन् ।

‘यो क्याफिन अरु स्टिमुलेटिङ केमिकलहरू बच्चाहरूको बन्दै मस्तिष्कमा यसले विशेष किसिमको साइड इफेक्ट गराउँछ, यो केमिकलले बच्चाहरूको बन्दै गरेको मस्तिष्कलाई स्टिमुलेट गर्ने काम गर्छ’, उनले जोड दिएर भनेका छन् ।

@drmaniishyadav Energy Drink side effects in kids #healthylifestyle #fyp #nepal #election ♬ original sound – Just Diabetes: Dr Manish

उनले त्यस्तो साइड इफेक्टको गम्भीर असर १८ वर्षभन्दा मुनिका सबैलाई हुने बताए । उनले १५ देखि १८ वर्षसम्म उमेरकालाई जोखिम र १३ वर्षभन्दा कम उमेरकालाई विशेष जोखिम हुने समेत बताएका छन् ।

यसका साथै, यस्तो ड्रिंक्समा पाइने क्याफिनले बच्चामा विशेष प्रकारको साइड इफेक्ट गराउने समेत उनको भनाइ छ । 

‘एन्जाइटी, इरिट्याबलिटी त्यसैगरी एजिटेसन, एकदमै चिटचिट गर्ने बच्चा, निद्रा नलाग्ने जस्तो समस्या, बिहेभियर समस्या कहिले एग्रेसिभ भइदिने, पुअर कन्सन्ट्रेसन केही कुरामा ध्यान केन्द्र गरेर बस्न नसक्ने त्यो सँगै हातखुट्टा काँप्ने, टाउको दुख्ने यस्ता लक्षणहरू यिनीहरूमा देखिन्छन्’, उनले भनेका छन् ।

डा. यादवले कुनै समयमा यस्तो ड्रिंक्स बढी भयो भने मुटुको चालमा नै असर पुर्याउन सक्ने समेत बताएका छन् । साथै, बालबालिकाले नियमित प्रयोग गरे भने एडिक्सन समेत हुन सक्ने उनको भनाइ छ ।



प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ७ : ४६ बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि