रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा « Khabarhub

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री बनाउने प्रस्तावमा व्यापक छलफल गर्न पाएको छैन । गैर सांसद व्यक्तिलाई पनि विज्ञताका आधारमा मन्त्री बनाउनुपर्ने प्रस्ताव बालेन्द्र शाह ‘बालेन’को टिमले गरेको छ । यसमा रास्वपाका केही नेताहरूले समर्थन जनाए पनि निर्वाचित धेरै सांसदहरूको भने विमति देखिन्छ ।

निर्वाचित सांसदहरूले सांसदहरूबाटै विषयविज्ञलाई मन्त्रालयमा पठाउनुपर्ने आवाज उठाइरहँदा बालेनको समूहले भने गैर सांसदलाई पनि ६ महिने मन्त्री बनाउनुपर्ने कुरा उठाएका हो । यस विषयमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह बीच निरन्तर छलफल भएपनि सहमति भइसकेको छैन ।

‘ग्रुपमा र केही नेताहरूबीच छलफल भने उठेको छ र चलेको छ। सभापतिज्यू र वरिष्ठ नेताज्यू बीच पनि यसबारे निरन्तर कुराकानी भएको बुझेका छौं’, पार्टीको शीर्षस्थ स्रोतले भन्यो, ‘गैर सांसदलाई मन्त्री बनाउने कुरामा चाहिँ पार्टीका निर्वाचित धेरै सांसदहरूले असहमति जनाउनु भएको छ। सभापतिज्यू र वरिष्ठ नेताज्यूबीच बसेर लामो र गहिरो कुराकानी भएको छैन । ’

नेताहरूका अनुसार गैर सांसदलाई मन्त्री नबनाए पनि विज्ञताका आधारमा प्रधानमन्त्री र मन्त्रीहरूको टिममा सदस्यहरू राखिने अभ्यास भने रास्वपाले गर्नेछ। विज्ञ सदस्यहरू बनाएर मन्त्रिपरिषदलाई सञ्चालनका लागि सहज बनाउने रास्वपाको एजेन्डा नै रहेको देखिन्छ।

मन्त्रिपरिषदमा कस्तो टिम बनाउने भन्ने विषयमा बालेन र रविबीच निरन्तर संवाद भइरहेको स्रोत बताउँछ । सभापति बिरामी भएपनि भर्चुअल मार्फत उनी आवश्यक परेको खण्डमा बालेनसँग जोडिरहेको सचिवालयको भनाइ छ ।

‘पार्टीमा कसैले मन्त्रिपरिषद्को आकार १५ देखि १७ हुनुपर्ने कुरा राखिरहेका छन् भने कसैले १७ देखि २० जनासम्म मन्त्रिपरिषदका आकार हुनुपर्ने कुरा उठाएका छन्,’ पार्टीका एक नेताले भने, ‘मन्त्रिपरिषद्को सङ्ख्या घटाएसँगै बालेन्द्र सरकारले अरु तहमा पनि कर्मचारी लगायतको आकारहरू घटाउने अवस्था छ। सुरुवात मन्त्रिपरिषद्बाट हुन्छ ।’

स्रोतले दिएको जानकारी अनुसार मन्त्रालयमा नियम विपरीत अघिल्लो सरकारले दिएका विभिन्न नियुक्तिहरूलाई पनि यो सरकारले हटाउने सम्भावना छ। मन्त्रालयदेखि बाहिर सरकारी कार्यालयहरूमा दिएका अनावश्यक नियुक्तिहरूलाई पनि घटाउने तयारी रहेको बुझिन्छ ।

नयाँ सांसदलाई रास्वपाले प्रशिक्षण दिँदै, बालेनले पनि सहभागी हुने

पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार नयाँ सांसदहरूलाई पार्टीले अभिमुखीकरण कार्यक्रम राखेको छ। सभापति बिरामी भएपछि सो कार्यक्रममा उनी उपस्थित नभएपनि पार्टीका केही शीर्षस्थ नेताहरू भने उपस्थित हुने छन् । अभिमुखीकरण कार्यक्रम नयाँ सांसदहरुका लागि भएकाले पार्टीको वरिष्ठ नेता बालेन्द्र शाह पनि त्यस कार्यक्रममा उपस्थित हुन सक्ने स्रोत बताउँछ।

‘ड्रेसअपदेखि बोल्ने कुरा र प्रस्तुतिहरूको विषयमा अभिमुखीकरण कार्यक्रम हुने भएकाले नयाँ अनुहार भएकै बेला वरिष्ठ नेताज्यू पनि कार्यक्रममा उपस्थित भएर अभिमुखीकरण तालिम लिनुपर्छ’, पार्टीका ती नेताले भने, ‘अभिमुखीकरण कार्यक्रममा कस्तो बोल्ने कसरी बोल्ने ? कहाँ बोल्ने लगायत सम्पूर्ण कुराहरू हुने भएकाले नयाँहरू त सबै उपस्थित हुनैपर्छ।’

बालेन्द्रको सचिवालयले पनि उनी अभिमुखीकरण कार्यक्रममा उपस्थित हुन सक्ने सम्भावना रहेको बताएको छ । ‘अभिमुखीकरण कार्यक्रममा वरिष्ठ नेताज्यूलाई पनि खबर आएको छ उहाँ सहभागी हुनुहुन्छ होला,’ सचिवालका एक सदस्यले भने, ‘थुप्रै कुराहरू मिलाउनुपर्ने कारण अहिलेसम्ममा सहभागी हुनुहुन्छ हुनुहुन्न भन्ने जानकारी छैन ।’

अभिमुखीकरण कार्यक्रम पार्टीले मङ्गलबार र बुधबार काठमाडौँमा गर्दैछ। यसको जानकारी महामन्त्रीले सबै नवनिर्वाचित सांसद तथा समानुपातिकमा नाम भएका व्यक्तिहरुलाई पनि गराइसकेका छन् ।

यता मोरङ ६ बाट निर्वाचित सांसद रुबिना आचार्य आफूहरू प्रशिक्षणका लागि काठमाडौँ आइसकेको बताउँछिन्। उनले आफूसँगै देशैभरिबाट निर्वाचित तथा समानुपातिकका सांसदहरू काठमाडौँ आइरहेको जानकारी गराइन्।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : २६ बजे

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौं – मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र मारमा

गण्डकी – मध्यपूर्वमा जारी युद्धका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित

इरानी आक्रमणको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्ने तीन नेपाली यूएईमा पक्राउ

दुबई – यूएईले इरानसँग बढ्दो सैन्य तनावबीच सामाजिक सञ्जालमा आक्रमणसम्बन्धी

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो

सुर्खेत – आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

६ हजारभन्दा बढी ग्यास सिलिन्डर भण्डारण गर्ने श्रीराम उद्योगलाई ३ लाख रुपैयाँ जरिवाना

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ग्यासको कृतिम