आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा « Khabarhub

आईपीएल : लखनउलाई पाँच विकेटले पराजित गर्दै आरसिबी शीर्ष स्थानमा


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्स (एलएसजी)लाई पाँच विकेटले हराएको छ । यो जितसँगै आरसिबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पाँच खेलमा आठ अंक जोड्दै आरसिबी शीर्ष स्थानमा पुगेको हो । समान खेल खेलेको लखनउ चार अंकसहित सातौं स्थानमा छ ।

बेंगलुरुस्थित चिन्नास्वामी स्टेडियममा भएको खेलमा घरेलु टोलीले २९ बल बाँकी छँदै सहज जित हात पारेको हो।
लखनउले प्रस्तुत गरेको १ सय ४७ रनको मध्यम लक्ष्यलाई बेंगलुरुले १५.१ ओभरमा ५ विकेट गुमाएर १ सय ४९ रन बनाउँदै भेट्टायो। बेंगलुरुको जितमा विराट कोहली अर्धशतक बनाउन एक रनले चुके । ्

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय ४६ रन मात्र बनाउन सकेको थियो। लखनउका लागि कुनै पनि ब्याटरले ठूलो इनिङ्स खेल्न सकेनन्। बेंगलुरुको कसिलो बलिङसामु लखनउका खेलाडी सुरुदेखि नै दबाबमा देखिएका थिए।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ७ : २३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल