दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा « Khabarhub

दाइजो लेनदेन हुने विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

कार्डमै 'दहेजमुक्त' लेख्न आग्रह


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन हुने विवाहका कार्यक्रममा आफू सहभागी नहुने घोषणा गरेकी छन् । समाजमा अझै पनि दाइजो प्रथा गम्भीर कुरीतिका रूपमा कायम रहेको भन्दै उनले यस्तो अभ्यासलाई सामाजिक र कानुनी रूपमा दण्डनीय अपराधका रूपमा व्याख्या गरेकी छन् ।

हालैका दिनमा आफूले प्राप्त गरेका विवाहका निमन्त्रणापत्रहरूमा ‘दहेजमुक्त विवाह’ भन्ने उल्लेख नभएको पाइएपछि उपसभामुख ठाकुरले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन् । “दाइजो लिनु र दिनु मात्र होइन, लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य छ,” उनले भनेकी छन्, “यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउँछ ।”

उनले समाज परिवर्तनको सुरुवात आफैँबाट गर्नुपर्नेमा जोड दिँदै दाइजो लेनदेन भएको विवाहमा आफू उपस्थित हुन असमर्थ रहने प्रस्ट पारेकी छन् । उपसभामुख ठाकुरले अब उप्रान्त विवाहको निमन्त्रणापत्र पठाउँदा त्यसमा दाइजो निषेधको स्पष्ट सन्देश राख्न समेत आग्रह गरेकी छन् ।

“विवाह निमन्त्रणापत्रमा ‘दहेजमुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न हार्दिक अनुरोध गर्दछु,” उनले आह्वान गरेकी छन्, “आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौँ ।”

व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने भन्दै उनले समानतामा आधारित सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न सबैलाई आग्रह गरेकी छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ९ : १५ बजे

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन

विपद्को सुरुवाती चरणमै प्रभावकारी व्यवस्थापन हुन नसक्दा मानवीय क्षति बढ्यो : कुलमान घिसिङ

ललितपुर – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विपद्को

संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैन : नेपाल

वीरगञ्ज (पर्सा)- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले