केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल « Khabarhub

केन्द्र र प्रदेशबीच समन्वय खोज्दै प्रधानमन्त्री बालेन : आज मुख्यमन्त्रीसँग छलफल


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले पदभार सम्हालेपछि पहिलोपटक सातै प्रदेशका मुख्यमन्त्रीसँग सामूहिक छलफल गर्दै छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार दिउँसो २ बजे बैठक बोलाइएको उनको निजी सचिवालयले जनाएको छ।

बैठक मुख्यतया विकास निर्माणका कार्यलाई तीव्रता दिने र केन्द्र तथा प्रदेशबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। स्रोत–साधनको न्यायोचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशले लामो समयदेखि भोग्दै आएका प्रशासनिक र आर्थिक उल्झन सुल्झाउने विषयलाई बैठकको प्रमुख एजेन्डा बनाइएको छ।

विशेषगरी राष्ट्रिय प्राथमिकताका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच कसरी सहकार्य गर्ने भन्नेबारे बैठकमा गहन छलफल हुनेछ। देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकासमा देखिएका सुस्तता, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने सन्दर्भमा सातै प्रदेशका मुख्यमन्त्रीसँग साझा समझदारी निर्माण गर्ने प्रधानमन्त्रीको योजना छ।

प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि प्रदेश सरकारका प्रमुखसँग हुन लागेको यो पहिलो औपचारिक संवादलाई संघीयता कार्यान्वयनलाई थप प्रभावकारी बनाउने र आम नागरिकलाई प्रत्यक्ष लाभ पुर्‍याउने दिशामा एउटा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १० : २५ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा