लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा « Khabarhub

लेखा समिति सभापतिका लागि तीन प्रतिपक्षीबीच संवाद, श्रमसंस्कृतिलाई दिने पक्षमा रास्वपा


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतका समितिहरूमा सभापति पदका लागि उम्मेदवारीबारे निर्णय लिन विपक्षी नेपाली कांग्रेससहितको बैठक सिंहदरबारमा बसिरहेको छ।

सिंहदरबारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका हुन् ।

यस बैठकमा कांग्रेस सांसद अर्जुननरसिंह केसी र भीष्मराज आङदेम्बे, एमाले सांसद पद्या अर्याल र गुरु बराल, नेकपाका सांसद वर्षमान पुन र युवराज दुलालसहित जुटेका छन्।

यस बैठकबाट सार्वजनिक लेखा समितिको सभापतिमा साझा उम्मेदवार पठाउनेबारे निर्णय हुन सक्नेछ ।

संसदीय नियममा लेखा समितिको सभापति प्रतिपक्षी दललाई दिइने गरिएको छ । त्यहीकारण तीन दल छलफलमा जुटेका हुन् ।

अर्कातिर प्रचण्ड बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा अन्तर्गत १० मा ९ वटा समितिको नेतृत्व आफैँले लिने योजना बनाएको छ।

अर्कातिर लेखा समितिको सभापति पनि उपसभामुख जस्तै श्रम संस्कृति पार्टीलाई दिन रास्वपा तयार रहेको बताइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : १६ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको

आजको माैसम पूर्वानुमान : देशका केही ठाउँमा भारी वर्षा

काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६