चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने « Khabarhub

चौथो कर्णाली चलचित्र कार्यशाला वैशाख ८ देखि सुर्खेतमा हुने


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशमा चलचित्र उत्पादन र कथा विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले चौथो कर्णाली चलचित्र कार्यशाला आगामी वैशाख ८ देखि १३ गतेसम्म वीरेन्द्रनगर, सुर्खेतमा आयोजना हुने भएको छ । कार्यशाला केवी इन्टरटेनमेन्ट प्रालिले चौथोपटक आयोजना गर्न लागेको हो ।

गत वर्ष चैत ४ देखि ९ गतेसम्म तेस्रो संस्करण पनि सुर्खेतमै सम्पन्न भएको थियो । यसपटक भने अघिल्ला कार्यशालामा एडभान्स कोर्स सिकेका विद्यार्थी तथा नयाँ सहभागीलाई चलचित्रको पटकथासम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष भूपेन्द्रकुमार खड्काले जानकारी दिएका छन् ।

उनका अनुसार कर्णाली भौगोलिक रूपमा विकट भए पनि प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूर्ण क्षेत्र हो । ‘स्थानीय कथा र प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने उद्देश्यले हामीले विगत चार वर्षदेखि निरन्तर रूपमा यो कार्यशाला सञ्चालन गर्दै आएका छौँ,’ उनले भने ।

कार्यशालामा दिनेश डिसीको मास्टर क्लास रहनेछ । त्यस्तै चलचित्र लेखक तथा निर्देशक शिवम अधिकारीले पटकथा लेखनसम्बन्धी विशेष कक्षा लिनेछन् । छायाँकार निरज कँडेलले छायांकनसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिनेछन् भने फिल्म सम्पादक रूपेश मिजारले फिल्म सम्पादन विषयमा कक्षा सञ्चालन गर्नेछन् ।

कार्यशालामा सहभागी विद्यार्थीहरूले तीनवटा वृत्तचित्र र दुईवटा लघु फिल्म निर्माण गर्ने कार्यक्रम रहेको छ । कर्णाली प्रदेशका १० जिल्लाबाट छनोट गरिएका २५ जना विद्यार्थीहरूले कार्यशालामा सहभागिता जनाउनेछन् ।

यो कार्यक्रम चलचित्र विकास बोर्डको सहकार्य तथा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको सहयोगमा आयोजना हुन लागेको हो ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ४२ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन