१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन « Khabarhub

१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन


३ बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल केसीले काम गर्ने प्याट्रन परिवर्तन गरेका छन् । 

अनमोलले विगतमा पहिला एक फिल्म हलबाट उत्रिएपछि अर्कोमा अनुबन्ध हुने अभ्यास गर्दै आएका थिए । 

उनी भन्थे, ‘मेरो सबै इनर्जी र इफोर्ट एकै फिल्ममा होस् भन्ने लाग्छ । त्यही भएर म हलबाट उत्रिएपछि स्वतन्त्र भएर अर्कोमा अनुबन्ध हुन्छु ।’

तर, अनमोल अहिले पाइपलाइनमा फिल्म राखेर काम गर्न थालेका छन् । करिअरकै हिट फिल्म ‘जेरी अन टप’ दिएपछि उनले काम गर्ने प्याट्रन फेरेको पाइएको हो । 

अहिले अनमोलको पाइपलाइनमा चार फिल्म छन् । सामाजिक सञ्जालबाटै उनले यो कुरा खुलाएका छन् । 

अनमोल अहिले आफ्नै होम प्रोडक्सनको फिल्म ‘बाटुलो जुन’को छायाङ्कनमा छन् । यो फिल्मको निर्देशन उनकै बुवा तथा नायक भुवन केसीले गर्दैछन् । 

नायिका झरना थापाको ब्यानर ‘सुहाना इन्टरटेन्मेट’मा ‘ए मेरो हजुर ५’मा पनि अनमोल अनुबन्ध भइसके । एप्पल इन्टरटेन्मेटरको ब्यानरमा बन्ने फिल्म ‘बिफोर वि मिट’ र अनन्या फिल्मस्को ब्यानरमा बन्ने ‘जेरी : द लास्ट क्लाइम्ब’मा पनि उनी फाइनल भइसके । 

ठूलो संख्यामा फ्यान फलोइङ रहेको भन्दै महँगो पारिश्रमिक पाउँदै आएका अनमोलले यसअघि पाइपलाइनमा प्रोजेक्ट राखेका थिएनन् । उनलाई प्रस्ताव भने नगएको होइन तर पाइपलाइनमा फिल्म राख्ने उनको अभ्यास थिएन । 

पछिल्लो फिल्म ‘जेरी अन टप’ले १० करोड क्लबको अनुभव दिएपछि अनमोल फरक अभ्यासमा लागेको पाइन्छ । 

दुई सिरिज, एक होम प्रोडक्सन र एक बाहिरी फिल्म उनले साइन गरेका छन् । 

पर्दा र सार्वजनिक स्थानमा आफूलाई कम प्रस्तुत गरेर स्टारडमको मज्जा लिइरहेका अनमोलका लागि पाइपलाइनमा फिल्म राखेर काम गर्ने प्याट्रन कस्तो हुन्छ ? यसको जवाफ समयले दिन्छ । के हुन पारिश्रमिक अहिले चर्चामा रहेको जति कायम रहला त ?

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ३ : २५ बजे

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले