१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन « Khabarhub

१० करोड क्लबको अनुभवपछि अनमोलले फेरे काम गर्ने प्याट्रन


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आफूलाई गोप्य राखेर स्टारडममा रमाउँदै आएका नायक अनमोल केसीले काम गर्ने प्याट्रन परिवर्तन गरेका छन् । 

अनमोलले विगतमा पहिला एक फिल्म हलबाट उत्रिएपछि अर्कोमा अनुबन्ध हुने अभ्यास गर्दै आएका थिए । 

उनी भन्थे, ‘मेरो सबै इनर्जी र इफोर्ट एकै फिल्ममा होस् भन्ने लाग्छ । त्यही भएर म हलबाट उत्रिएपछि स्वतन्त्र भएर अर्कोमा अनुबन्ध हुन्छु ।’

तर, अनमोल अहिले पाइपलाइनमा फिल्म राखेर काम गर्न थालेका छन् । करिअरकै हिट फिल्म ‘जेरी अन टप’ दिएपछि उनले काम गर्ने प्याट्रन फेरेको पाइएको हो । 

अहिले अनमोलको पाइपलाइनमा चार फिल्म छन् । सामाजिक सञ्जालबाटै उनले यो कुरा खुलाएका छन् । 

अनमोल अहिले आफ्नै होम प्रोडक्सनको फिल्म ‘बाटुलो जुन’को छायाङ्कनमा छन् । यो फिल्मको निर्देशन उनकै बुवा तथा नायक भुवन केसीले गर्दैछन् । 

नायिका झरना थापाको ब्यानर ‘सुहाना इन्टरटेन्मेट’मा ‘ए मेरो हजुर ५’मा पनि अनमोल अनुबन्ध भइसके । एप्पल इन्टरटेन्मेटरको ब्यानरमा बन्ने फिल्म ‘बिफोर वि मिट’ र अनन्या फिल्मस्को ब्यानरमा बन्ने ‘जेरी : द लास्ट क्लाइम्ब’मा पनि उनी फाइनल भइसके । 

ठूलो संख्यामा फ्यान फलोइङ रहेको भन्दै महँगो पारिश्रमिक पाउँदै आएका अनमोलले यसअघि पाइपलाइनमा प्रोजेक्ट राखेका थिएनन् । उनलाई प्रस्ताव भने नगएको होइन तर पाइपलाइनमा फिल्म राख्ने उनको अभ्यास थिएन । 

पछिल्लो फिल्म ‘जेरी अन टप’ले १० करोड क्लबको अनुभव दिएपछि अनमोल फरक अभ्यासमा लागेको पाइन्छ । 

दुई सिरिज, एक होम प्रोडक्सन र एक बाहिरी फिल्म उनले साइन गरेका छन् । 

पर्दा र सार्वजनिक स्थानमा आफूलाई कम प्रस्तुत गरेर स्टारडमको मज्जा लिइरहेका अनमोलका लागि पाइपलाइनमा फिल्म राखेर काम गर्ने प्याट्रन कस्तो हुन्छ ? यसको जवाफ समयले दिन्छ । के हुन पारिश्रमिक अहिले चर्चामा रहेको जति कायम रहला त ?

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : २५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल