यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू « Khabarhub

यी हुन रास्वपाले तय गरेका संसदीय समितिका सभापतिहरू


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका संसदीय समितिका सभापतिहरूको टुंगो लगाएको छ।

बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसले तय गरेका सभापतिका उम्मेदवारहरू सबै निर्वाचित हुने निश्चित जस्तै छ।

पार्टीको संसदीय दलको बिहीबार बसेको बैठकले १० वटा संसदीय समितिमध्ये ९ वटाको सभापतिमा आफ्नै सांसदहरूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सार्वजनिक लेखा समितिको सभापतिमा भने प्रतिपक्षी दललाई दिने योजना बनाएको छ।

बैठकले निर्धारण गरेको समिति र सभापतिको उम्मेदवारको सूची

कानून, न्याय तथा मानवअधिकार समिति: समीक्षा बास्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति : अशोक चौधरी
पूर्वाधार विकास समिति : आशीष गजुरेल
महिला तथा सामाजिक मामिला समिति : आकृति अवस्थी
राज्य व्यवस्था तथा सुशासन समिति : हरि ढकाल
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति : डा. ओजस्वी शेरचन
संसदीय सुनुवाइ समिति : बोधनारायण श्रेष्ठ (संयुक्त)
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति : गणेश कार्की (संयुक्त)
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्निमा उदास
अर्थ समिति : कृष्णहरि बुढाथोकी
उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति : रहबर अन्सारी

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  १ : ४९ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको