अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन « Khabarhub

अमेरिकालाई इरानको चेतावनी : अधिकार सुरक्षित नभई हर्मुज स्ट्रेट छोड्दैनौँ, आणविक कार्यक्रममा सम्झौता हुँदैन


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी नौसेनाको नाकाबन्दीबीच इरानले कडा चेतावनी दिँदै आफ्ना अधिकार पूर्ण रूपमा सुरक्षित नभएसम्म हर्मुज स्ट्रेट नछोड्ने बताएको छ ।

इरानका सर्वोच्च नेता मोजताबा खामेनाईका सैन्य सल्लाहकार मोहसिन रेजाईले प्रेस टीभीसँगको अन्तर्वार्तामा यस्तो भनेका हुन् ।

‘यो जलमार्ग इरानका लागि अत्यन्त महत्वपूर्ण रणनीतिक बिन्दु हो । हामी आफ्नो आर्थिक तथा समुद्री हितको रक्षा गर्न यो स्ट्रेटमा नियन्त्रण कायम राख्नेछौं’, उनले भने ।

रेजाईले प्रश्न गरे, ‘यदि इरानको नौसेना कमजोर छ भने अमेरिकी जहाजहरू हर्मुज स्ट्रेट पार गर्न किन डराउँछन् ?’

उनले थप भने, ‘पछिल्ला समझौताहरूबाट सिकेका पाठअनुसार अब नयाँ समझौता अझ सतर्कतापूर्वक र आर्थिक मुद्दालाई प्राथमिकता दिएर गरिनेछ । अब वार्ताका शर्तहरू इरान आफैंले निर्धारण गर्नेछ ।’

युरेनियम एनरिचमेन्ट अधिकारमा सम्झौता हुँदैन

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले परमाणु कार्यक्रमअन्तर्गत युरेनियम एनरिचमेन्टको अधिकारमा सम्झौता नहुने बताएका छन् । ‘इरानले आफ्नो परमाणु कार्यक्रमअन्तर्गत युरेनियम एनरिचमेन्टको अधिकारमा कुनै सम्झौता गर्दैन’, उनले भने।

तेहरानमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बकाईले अगाडि भने, ‘यो अधिकार अन्तर्राष्ट्रिय कानुनअन्तर्गत वैध छ । जबसम्म इरान परमाणु अप्रसार सन्धि (एनपीटी) को सदस्य छ, तबसम्म शान्तिपूर्ण एनरिचमेन्टको पूर्ण अधिकार उसलाई छ ।’

उनले पश्चिमी मिडियाको अटकलबाजीलाई खारेज गरिदिए । ‘कुनै पनि समझौता गर्नुअघि व्यापक ढाँचा तयार हुनुपर्छ । यदि एउटा पक्षले आफ्नो वाचा पालना गरेन भने अर्को पक्षले पनि आफ्नो दायित्व घटाउने अधिकार राख्छ’, उनले भने ।

यो घटनाक्रमले हर्मुज स्ट्रेट लाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको देखाएको छ । विश्व बजारमा तेल तथा ऊर्जा आपूर्तिमा ठूलो प्रभाव पर्न सक्ने आशंका गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  २ : १४ बजे

यी प्रदेशमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप लिग-२: नेदरल्यान्ड्सको लगातार दोस्रो जित, नामिबिया ५८ रनले पराजित

काठमाडौँ – अलराउन्डर बास डि लिडेको उत्कृष्ट ९७ रनको मद्दत

लगातार तेस्रो वर्ष एमएलएस अल-स्टार गेम गुमाउँदै मेसी

मियामी – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी र रोड्रिगो डि

कक्रोच विद्रोह: घुँडा टेक्न बाध्य भयो मोदी सरकार

नयाँ दिल्ली – चिकित्सा शास्त्रको स्नातक तह प्रवेश परीक्षाको प्रश्नपत्र

आजको विनिमय दर : अमेरिकी डलर कतिमा कारोबार भइरहेको छ ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर