ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवालाई क्षमता अभिवृद्धि तालिम सम्पन्न « Khabarhub

ग्रीनसिफ्ट परियोजनाअन्तर्गत युवालाई क्षमता अभिवृद्धि तालिम सम्पन्न


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

चितवन– युरोपियन युनियन (ईयू) को सहयोगमा तेस्रो वर्षका युवा पैरवी समूह तथा वेस्ट स्मार्ट फेलोजका लागि आयोजित दुई दिवसीय क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यशाला गोष्ठी सम्पन्न भएको छ।

चितवनको सौराहामा आइतवारबाट सुरु भई सोमवारसम्म सञ्चालन गरिएको उक्त कार्यशाला ‘ग्रीनसिफ्ट’ परियोजनाअन्तर्गत तेस्रो वर्षको कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यका साथ रेस्टलेस डेभलपमेन्टद्वारा आयोजना गरिएको थियो।

कार्यशालामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुरक्षा, वातावरणीय चुनौतीहरू, चक्रिय अर्थतन्त्र र शून्य फोहोर अवधारणामा केन्द्रित रही विशेष तालिम प्रदान गरिएको थियो । यी सत्रहरूले सहभागीहरूबीच साझा बुझाइ विकास गर्नुका साथै व्यावहारिक सीप अभिवृद्धि र सामूहिक दिशाबोध निर्माणमा महत्त्वपूर्ण सहयोग पुर्‍याएको परियोजना साझेदार रेस्टलेस डेभलपमेन्टकी कार्यक्रम संयोजक संगिता महर्जनले जानकारी दिइन् ।

परियोजना कार्यान्वयनका लागि बागमती प्रदेशको इच्छाकामना गाउँपालिका, लुम्बिनी प्रदेशको तिलोत्तमा नगरपालिका र मधेस प्रदेशको खड्ग नगरपालिकाबाट छनोट गरिएका तीन युवा समूहलाई प्लास्टिक फोहोरमैला व्यवस्थापन लगायतका विविध विषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो । साथै, सोही स्थानीय तहहरूमा तथ्यांकमा आधारित नीति निर्माणमा सहयोग पुर्‍याउन खटाइएका तीन जना वेस्ट स्मार्ट फेलोहरूको पनि सक्रिय सहभागिता रहेको थियो। 

गोष्ठीमा सहभागीहरूलाई परियोजनाबारे विस्तृत जानकारी प्रदान गर्नुका साथै सञ्चारका आधारभूत सिद्धान्त, परियोजनाका सञ्चार दिशानिर्देश, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, वित्तीय रिपोर्टिङ, कार्ययोजना निर्माण तथा नेतृत्व क्षमता विकाससम्बन्धी व्यावहारिक तालिम दिइएको थियो ।

ग्रीनसिफ्ट परियोजना युरोपियन युनियनको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालन भइरहेको छ । यस परियोजनामा रेस्टलेस डेभलपमेन्ट र युथ इनोभेसन ल्याब साझेदार संस्थाका रूपमा सहकार्यरत छन्। परियोजना मधेस, बागमती र लुम्बिनी प्रदेशका ९ स्थानीय तहमा कार्यान्वयन भइरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ०५ बजे

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध

वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

दमौली– तनहुँमा सामुदायिक वनको वैज्ञानिक तथा व्यवस्थित वन व्यवस्थापनमार्फत तीन

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट