लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी « Khabarhub

लेखा समितिको सभापति पदमा कांग्रेसका खड्काकाे उम्मेदवारी


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद भरतबहादुर खड्काले मनोनयन दर्ता गरेका छन् ।  

बिहीबार समिति सभापति पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा कांग्रेसका सांसद खड्काले लेखा समितिको सभापति पदमा मनोनयन दर्ता गराएका हुन्  । 

खड्काको प्रस्तावकमा मोहन आचार्य र समर्थकमा जनकराज गिरी रहेका छन्  । मनोनयन दर्तापछि कांग्रेस सांसद खड्काले सबै दलबीच लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने निर्णय भइसकेकाले कसैको जित हारको विषय नभई सर्वसम्मत रुपमा सभापति चयन हुने विश्वास व्यक्त गरे ।

यसअघि रास्वपा संसदीय दलको बैठकले पनि लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दललाई समर्थन गर्ने निर्णय गरेको थियो भने एमाले र नेकपाले पनि कांग्रेसलाई नै समर्थन गर्ने निर्णय गरेको थियो । सबैको समर्थन प्राप्त भएसँग लेखा समितिको सभापतिमा खड्का चयन हुने निश्चित भएको छ । 

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ३ : ४४ बजे

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा

तनहुँमा ‘डिएनए’ नमूना उपलब्ध गराउन आग्रह

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी अकालमा ज्यान

लन्डन डर्बीमा आर्सनलको पुनरागमन जित : चेल्सी २-१ ले पराजित

लन्डन – नयाँ स्ट्राइकर नभए पनि साबिक विजेता आर्सनलको लयमा

कर्णाली राजमार्ग अवरुद्ध हुँदा पीडामा स्याउ व्यापारी

कर्णाली – यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको