शशांकको तर्क : पूर्णबहादुरलाई कारबाहीले पार्टी एकता जोगिन मुस्किल पर्छ, थप संकट निम्त्याउँछ « Khabarhub

शशांकको तर्क : पूर्णबहादुरलाई कारबाहीले पार्टी एकता जोगिन मुस्किल पर्छ, थप संकट निम्त्याउँछ


३ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहासचिव डा. शशांक कोइरालाले पार्टीभित्र पछिल्लो समय उत्पन्न मतभेदप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै उनले पार्टीको शीर्ष तहमा एकता कायम गर्न आह्वान गरेका छन् । सभापति गगन थापाले निर्वतमान उपसभापति पूर्णबहादुर खड्कामाथि कारबाही अघि बढाएको सन्दर्भमा उनले अहिले त्यसो गर्नु उचित नहुने बताएका हुन् ।

‘नेपाली कांग्रेसमा पछिल्लो समय उत्पन्न मतभेदप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘लोकतन्त्रको जीवन्त अभ्यास गर्दै आएको ऐतिहासिक पार्टीको महत्त्व लोकतन्त्र र राष्ट्रियताका लागि हिजो थियो, आज छ र भोलि पनि रहिरहनेछ ।’

उनले इतिहासको कालखण्डमा कांग्रेसले धेरै आरोह-अवरोह बेहोरे पनि अहिले पार्टी सबैभन्दा कमजोर अवस्थामा रहेको बताएका छन् ।

‘यस्तो बेलामा उत्पन्न आन्तरिक विवादले पार्टीमात्र होइन, मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुर्‍याउने जोखिम बढाएको छ,’ उनले भनेका छन् ।

के भने ?

कुनै पनि जीवनन्त पार्टीभित्र वैचारिक मतभिन्नता स्वाभाविक भएको तर पटकपटक आन्दोलन र विद्रोहपछि पार्टी गतिविधि रूपान्तरित हुनुपर्नेमा कुनै दुई मत नभएको ।

अहिले पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको ।

१४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिक नहुँदा पार्टीभित्र आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित भएको ।

पार्टी अझै वैचारिक तथा वस्तुगत रूपमा विभाजित नभएको ।

उनले कांग्रेसको आधिकारीकता विवाद अदालतमा विचाराधीन अवस्थामा रहेको दोहोर्‍याउँदै निवर्तमान उपसभापति खड्काको बचाउ गरेका छन् ।

‘पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि वाधक बन्ने देखिन्छ । अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधीले पार्टी जीवनलाई थप सङ्कटतर्फ धकेल्ने निश्चितप्रायः छ’, उनले भनेका छन्, ‘तसर्थ यो बेला पार्टीमा बृहत एकता कायम गर्न, गराउन अत्यावश्यक भएको छ । त्यसका लागि म प्रयत्नशील छु ।’

डा. कोइरालाले पार्टीमा बृहत् एकता चाहिएको बताएका छन् । ‘अहिले पार्टीमा बृहत् एकता कायम गर्न, गराउन अत्यावश्यक भएको छ । त्यसका लागि म प्रयत्नशील छु’, उनले भनेका छन्, ‘आम कांग्रेसजनलाई त्यो अनुभूत गराउँदै पार्टीको बृहत् एकताका पक्षमा उभिन सबैलाई अपिल गर्दछु ।’

कोइराला नेपाली कांग्रेसका पूर्वमहामन्त्री पनि हुन् । उनको यो पत्रले पार्टीभित्रको आन्तरिक मतभेद र १४औँ महाधिवेशनको तयारीका बेला एकताको सन्देश दिने उनीनिकट बताउँछन् ।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहीबार  ४ : ४७ बजे

अर्थसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

पत्रकार किशोर श्रेष्ठको घरमा मध्यरातमा छापा, ल्यापटप र मोबाइल जफत, पत्रकार आन्दोलित

काठमाडौँ – बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिका सम्पादक एवं

एस्टन भिल्लालाई २-१ ले हराउँदै पिएसजीले जित्यो युइएफए सुपर कप

अस्ट्रिया – डेजिरे दुएको निर्णायक गोलको मद्दतले एस्टन भिल्लालाई २–१

मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल